Tuesday, November 11, 2014

Paharamaa baasa basi jharanako - पहरामा बास बसी झरनाको पानी पिउला - By Bachchu Kailash

स्वर : बच्चुकैलाश 
पहरामा बास बसी झरनाको पानी पिउला
सँगसङै जिउन पाए जीवन हाँस्दै काटिदिउला 
पहरामा बास बसी

सुनकोशिको पानी जस्तो चोखो प्रिती लाउन पाए 
दुई खोलाको दोभान जस्तै  सधैंभरी भेट्न पाए 
खेलाकासा खेल्दै बनमा कन्दरामा गीत गाउला
सँगसङै जिउन पाये जीवन हाँस्दै काटिदिउला 
पहरामा बास बसी

दुई छातीको दुइटा मुटु साटिवरी राख्न पाए
चन्द्रमा र चांदनी झै एक अर्काका हुन पाए 
जुनेली भै हामी दुबै रातभरी टल्किदिउला
सँगसङै जिउन पाए जीवन हाँस्दै काटिदिउला 
पहरामा बास बसी

No comments: