Friday, July 12, 2019

Timro Chhaya Ra Mayama - तिम्रो छाँया र मायामा - By Shiva Shankar Manandhar

शब्द : उत्तम नेपाली                       संगीत तथा स्वर : शिवशंकर मानन्धर

तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन   -- २
तिम्रो छाँया र मायामा

तिमीबाट टाढा हुँदा धरतिमा पनि एकपल पनि
हृदयको ब्यथा बग्छ बिरहको आशु बनी
मेरो आँखा तिम्रै पिरतिले ढाकेको छ 
निदाउँदा मलाई तिम्रै सपनाले डाकेको छ  --२
हं हं हं
तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन --२
तिम्रो छाँया र मायामा

सुर्यबिना हराउँछ सुर्यमुखिको मुस्कान
तिमीबिना छट्पट गर्छ हाय मेरो यो धड्कन
हामी एक अर्काका प्रतिबिम्ब बनी बाँचौ 
एक अर्काका सुख दु:ख आफ्नै ठानी हाँसौ - - २
हं हं हं
तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन  --२
तिम्रो छाँया र मायामा 




Tyo Kholako Sanglo paani - त्यो खोलाको सङ्लो पानी - By Manikratna

स्वर : माणिकरत्न स्थापित
हो हो हो हो हो  ........................................
त्यो खोलाको सङ्लो पानी खाईजाउ खाईजाउ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
पल्लो घरकी कान्छीलाई लैजाउ लैजाउ लाग्छ

लामो कालो कपाल लत्री भुइ छोएझै लाग्छ
झिम झिम झिम्की परेलाले बोलाएझै लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ

बनको पिपले छाँयामा सँगै बसौ बसौ लाग्छ
बाटुला राम्रा ति आँखामा लुकौ लुकौ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ

गोरेटोमा पहाड गीत गाइदिउ गाइदिउ लाग्छ
जीवनभर नछुट्ने माया लाईदिउ लाईदिउ लाग्छ 
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
त्यो खोलाको सङ्लो पानी खाईजाउ खाईजाउ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
पल्लो घरकी कान्छीलाई लैजाउ लैजाउ लाग्छ 

Wednesday, June 19, 2019

Kholanala sanga sodhi, gau timro khoji khoji - खोलानालासँग सोधी गाउँ तिम्रो खोजी खोजी - By Manikratna

स्वर : माणिक रत्न स्थापित
हं........... हो................ हा...................
खोलानालासँग सोधी गाउँ तिम्रो खोजी खोजी
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है
हो .....................
चौतारीमा लिन आउनु है

बसेकी होलिउ तिमी दैलोमा बत्ती बाली
मनमनै जपी मेरो रातमा नाउँ खाली - २
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है

गीत म तिम्रो दिल्को हाल सबै आज बुझी
बास कही नबसेर बर्षातमा रुझी रुझी - २
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है
हो ....................
चौतारीमा लिन आउनु है
खोलानालासँग सोधी गाउँ तिम्रो खोजी खोजी
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है
हो .................
चौतारीमा लिन आउनु है

Friday, January 4, 2019

Dherai Samjhe Dherai Hunchha - धेरै सम्झे धेरै हुन्छ - By Indra Narayan

स्वर : ईन्द्र नारायण ;    शब्द तथा संगीत   : गणेश रशिक

धेरै सम्झे धेरै हुन्छ , थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केइ पनि छैन , तिमीलाई देको मेरो माया 
धेरै सम्झे धेरै हुन्छ

पहाड होइन मेरो माया पहिरोसँगै भत्कीजाने
खोला होइन मेरो माया जताततै बगिजाने    
मजस्तो छ मेरो माया 
त्यसैले नै तिमीलाई दिए
नसम्झेमा केइ पनि छैन , तिमीलाई देको मेरो माया
हिरा होइन मोती होइन किन्न खोजेर पाँईदैन
मुस्कान जस्तो सस्तो छैन तिमीलाई देको मेरो माया  

धेरै सम्झे धेरै हुन्छ 


हिमाल होइन मेरो माया घामसँगै पग्लीजाने  

ऐना होइन मेरो माया भुइमा खस्दै टुटीजाने
मजस्तो छ मेरो माया
त्यसैले नै तिमीलाई दिए
नसम्झेमा केइ पनि छैन , तिमीलाई देको मेरो माया
धेरै सम्झे धेरै हुन्छ , थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केइ पनि छैन , तिमीलाई देको मेरो माया

धेरै सम्झे धेरै हुन्छ