Thursday, August 25, 2022

Malai Jindagi yo Lagdachha- मलाई जिन्दगी यो लाग्दछ - By Narayan Gopal

शब्द/संगीत: गोपाल योञ्जन ; स्वर: नारायण गोपाल मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो जे छन सबै ति व्यर्थ छन, तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी यो लाग्दछ बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु खाली भएर सुन्यझैँ यहाँ खण्डहरझैँ जिउँदछु मेरा सारा-सारा भावलाई आकाश मेरो भन्दछु तर मोहलाई म के भनूँ ? तिमी भन्दछौ यो भार हो मलाई जिन्दगी यो लाग्दछ पोखिएकै म पानी भै कहीं शीत भई म अल्झिए थाम्न नसक्दा वेदना कहिँ घाऊ भएर बल्झिए - २ निर्दोष अनेक नजरमा म आँशु बनेर रोकिए मझधारलाई म के भनूँ ? तिमी भन्दछौ यो किनार हो मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो मलाई जिन्दगी यो लाग्दछ


Wednesday, August 24, 2022

Mero Sano Sansar - मेरो सानो संसार तिमीलाई अटेन - by Narayan Gopal

स्वर : नारायण गोपाल 

 हा हा ~ ~ ~ ~ ~ ~ ~

मेरो सानो संसार तिमीलाई अटेन - २  

मेरो चोखो माया तिमीलाई पुगेन 

मेरो घाम र जून तिमीलाई रुचेन 

मेरो सानो संसार तिमीलाई अटेन 


मायाको उजेलोलाई मैले रात भनिन - २ 

तिमीले जती दिन चाह्यौ मैले कम भनिन - २ 

तिमी सत्यलाई चाहे गल्ती ठान  

दुइटा मन जलाउने म आँफैलाई ठान्छु  

मेरो सानो संसार तिमीलाई अटेन  


टिठ्याएर दिए जस्तो मायानै चाहिनँ - २  

तिमीले दिनुपर्ने भनी बाचानै राखिनँ 

तिमीलाई दिनुपर्ने भनी बाचानै राखिनँ 

तिमी अरुलाई चाहे जे सुनाउ 

मन्को ब्यथा म आँफैलाई सुनाउँछु 

मेरो सानो संसार तिमीलाई अटेन