Saturday, November 28, 2020

म त्यही दिन पर्खीरहुँला- Ma tyahi din parkhirahulaa- By Kalyan + Biju Rimal

 

स्वर : कल्याण + बिजु रिमाल

हा हा हा हो ओ
म त्यही दिन पर्खीरहुँला
अनी यही गीत गाईरहुँला
अनी यही गीत गाईरहुँला 
म त्यही दिन पर्खीरहुँला

मेरो हृदयभित्र तिम्रै कथा छ
मेरो छातिभित्र यौटै ब्यथा छ
मेरो
आँखाबाट टाढा तिमी छौ
मेरो आँखाबाट टाढा तिमी छौ
तिमीलाई खोजी आईरहुँला  
हो हो हो गाईरहुँला  -२

म त्यही दिन पर्खीरहुँला
अनी यही गीत गाईरहुँला

मेरो जवानी छ अन्धकारमा
मेरो कहाँनी छ मजधारमा
मेरो मुटुबाट
टाढा तिमी छौ
मेरो मुटुबाट टाढा तिमी छौ
तिमीलाई सम्झी बाँचिरहुँला
  
हो हो हो गाईरहुँला  -२

म त्यही दिन पर्खीरहुँला
अनी यही गीत
हो हो हो ......... 

 

 


 



यो दिन उज्यालो भएन - Yo din ujyaalo bhayena- By Kalyan + Biju Rimal

 

 शब्द : राममान तृषित ; स्वर : कल्याण रिमाल + बिजु रिमाल 


यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा --२

हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२
सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ
आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा

आँखामा निद भएन दुइ रात हजुर नहुँदा 

निरस यहाँको चन्दा निरस यहाँका तारा -२
निरस धराको सारा निरस उशा किनारा
पिडासरी भो दिलमा उन्माद हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा
हं हं हं
हं हं हं हं

Monday, November 23, 2020

मनमा माया तनमा माया- Manma Maya Tanma Maya- By Manikratna Sthapit + Tara Devi

शब्द : किरण खरेल ; संगीत : शिवशंकर + चन्द्रराज शर्मा  ; स्वर : माणिकरत्न + तारादेवी


मनमा माया
मनमा माया तनमा माया तैपनी माया खोज्न सकिनँ 
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ 
मनमा माया   

हर जनममा तिमीसँग मिलु, हर बाटोमा तिमीसँग डुलुँ
तिमीलाई अङ्गालो हालेर, संसार भुलु अनि स्वर्ग भुलुँ
हर पाइलामा तिम्रो हात समाऊँ, हर हाँसोमा तिम्रो साथ रमाऊँ
मन लाग्छ मलाई तिम्रो सामु रुँदै, दिन बिताऊँ अनि रात बिताऊँ   

मनमा माया   

निर्बल फूलमा बसन्त जाँदा, पछ्यौरा समाई सक्दिन तान्न
आफ्नो मुटुको ढुकढुकिलाई, आफ्नै भनेर पाँउदिन मान्न

कती कती कुरा यस्ता हुन्छन, मन लागे पनि भन्न हुँदैन
कती फूलहरु राम्रा भएपनी, तीनको  माला उन्न हुँदैन

मनमा माया    

कस्तो मिलन यो कस्तो खुशी यो, रुन नहुने अनि हाँस्न नदिने
हृदय पोल्ने यो कस्तो रहस्य, खोल्न नहुने अनि बोल्न नदिने
लाग्दछ जीवन नाटकजस्तो, अभिनय हामी गरिरहेछौँ
बाँच्ने रहरलाई कुल्चिन खोजि, जीउदै हामी मरिरहेछौँ 
मनमा माया तनमा
माया तैपनी माया खोज्न सकिनँ 
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ 
मनमा माया  


Sunday, November 15, 2020

नमान लाज यस्तरी - Namana Laaj Yastari- By Premdhoj Pradhan + Usha Mangeskar

शब्द : किरण खरेल ; संगीत : जयदेव ; स्वर : प्रेमध्वज प्रधान + उशा मङ्गेश्कर
 

नमान लाज यस्तरी कि झुम्छ जीन्दगी मेरो
नआऊ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
  

त्यो घुम्टो म ऊचालुँ कि, मुहार त्यो नियालु कि !
भुलेर आफुलाई नै, हजुरमै हराऊ कि !!
नमान लाज यस्तरी 
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी 
 

यो बैँशमा बतासिँदै, न आऊन अकासिँदै ।
के थाहा न भोली कल्पिई, रुनु छ कि निसासिँदै ।।

नआऊ सामु यस्तरी
कि झुम्छ जीन्दगी मेरो
नमान लाज यस्तरी 

यताऊता नशा छरौँ, मिठामिठा कुरा गरौँ ।
की हामी एक अर्काको, नगिचमै जीऔँ मरौँ  ।।
नमान लाज यस्तरी 
कि अड्छ ढुकढुकी मेरो
न आऊ सामु यस्तरी

जतन गरेको दिल मेरो , नटिप है यो फूल मेरो
म प्रेममा डराऊँछु, हुने हो कि यो भूल मेरो

आऊ सामु यस्तरी
कि झुम्छ जीन्दगी मेरो
नमान लाज यस्तरी

Saturday, November 7, 2020

ऐना नभए आफ्नो अनुहार- Aina Nabhaye Aafno Anuhar- By Premdhoj Pradhan

ऐना नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी ?
तिम्रो नयनमा -२
मुटु नभए आफ्नो माया कहाँ राख्थ्यौ तिमी ?
तिम्रो बदनमा  -२ 

रातको आयु लम्बिएर बाह्र बर्षै भए हुन्थ्यो -२
तिमी सामु हौ घाम नलागे मलाई हर्षै कती हुन्थ्यो -२
अं..... हं..... आ हा हा
घाम नलागे आफ्नो बाटो कहाँ हेर्थ्यौ तिमी ?
तिम्रो जीवनमा -२
मुटु नभए आफ्नो माया कहाँ
राख्थ्यौ तिमी ?
तिम्रो बदनमा
-२ 

बरु यो बिपना बदलिएर सबै सपना भए हुन्थ्यो -२
तिमीलाई लिएर बसन्तभित्र लुक्न मजा कती हुन्थ्यो -२

अं..... हं..... आ हा हा

बिपना नफर्के सुख आफ्नो कहाँ पाँऊथ्यौ तिमी ?
तिम्रो चयनमा -२
ऐना
नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी ?
तिम्रो नयनमा -२
मुटु नभए आफ्नो माया कहाँ राख्थ्यौ तिमी ?
तिम्रो बदनमा  -२