Sunday, November 15, 2020

नमान लाज यस्तरी - Namana Laaj Yastari- By Premdhoj Pradhan + Usha Mangeskar

शब्द : किरण खरेल ; संगीत : जयदेव ; स्वर : प्रेमध्वज प्रधान + उशा मङ्गेश्कर
 

नमान लाज यस्तरी कि झुम्छ जीन्दगी मेरो
नआऊ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
  

त्यो घुम्टो म ऊचालुँ कि, मुहार त्यो नियालु कि !
भुलेर आफुलाई नै, हजुरमै हराऊ कि !!
नमान लाज यस्तरी 
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी 
 

यो बैँशमा बतासिँदै, न आऊन अकासिँदै ।
के थाहा न भोली कल्पिई, रुनु छ कि निसासिँदै ।।

नआऊ सामु यस्तरी
कि झुम्छ जीन्दगी मेरो
नमान लाज यस्तरी 

यताऊता नशा छरौँ, मिठामिठा कुरा गरौँ ।
की हामी एक अर्काको, नगिचमै जीऔँ मरौँ  ।।
नमान लाज यस्तरी 
कि अड्छ ढुकढुकी मेरो
न आऊ सामु यस्तरी

जतन गरेको दिल मेरो , नटिप है यो फूल मेरो
म प्रेममा डराऊँछु, हुने हो कि यो भूल मेरो

आऊ सामु यस्तरी
कि झुम्छ जीन्दगी मेरो
नमान लाज यस्तरी

No comments: