Tuesday, August 25, 2020

तिमीलाई ढाँटेर के भनुँ - Timilaai Dhatera k Bhanu - By Udaya Samsher

 शब्द : तुङ्गमर्दन थापा   ; संगीत तथा स्वोर : उदय समशेर

 
हो ..... ..... ..... ..... .....
तिमीलाई ढाँटेर के भनुँ
तिम्रो यो बढ्दो जवानिको मात छ
तिमीलाई चुम्वन गरेको हेर
चँन्द्रमामा पनि  गहिरो दाग छ  

सधैँ मेरो मनको तालमा नाँची आँउछे छमछम -२
मलाई एक्लो छाडी नजाऊ -४
तिमीलाई ढाँटेर ............., ..........................

जाउँ आज घुम्दै फिर्दै दिल बहलाउदै -२
यो बहार यो मौसम चाँदनी छर्दै -२
तिमीलाई ढाँटेर   ............., .......................... 



आँखामा तिम्रो सौन्दर्य सबै - Aakhama Timro Saundarya - By C. P. Lohani

स्वर : सि. पि. लोहनी  

 आँखामा तिम्रो सौन्दर्य सबै आँखैमा जवानी
आँखामा तिम्रो मुटुको छाँया तृष्णाको निशानी  --२

तिमीले मलाई चाहन्छौ तिम्रो आँखाले भन्दछ -२
यो मेरो तस्बिर सधैँ नै तिम्रो आँखामा बन्दछ
आँखैमा आई लौ देखापर्छ मायाको कहानि
आँखामा तिम्रो ............,  .......................

मोहनी लाउछौ ति आँखा जुधाई लाजले हाँसेर  -२
आउँछौ नजिक ति आँखा झुकाई मुटुमै ताकेर
देख्दैन मेरो आँखाले तिम्रो आँखाले नमानी
आँखामा तिम्रो ............,  .......................

Monday, August 24, 2020

तिमी फूलमा लुकी लुकी - Timi Phulama Luki Luki - By Batukrishna Jwala

 स्वर : बटुकृष्ण ज्वाला

तिमी फूलमा लुकी लुकि  -२
हाँसेर मिठो वास चलायौ
हो वास चलायौ
तिमी दिलमा रोकी रोकी  -२ (म)
आएर मेरो होश खुलायौ
हो होश खुलायौ
तिमी फूलमा  लुकी लुकि

 रात खुशीले झुमिरहेछ
चाँद सगरमा उम्लिरहेछ
हो हो हो (म)
रात खुशीले झुमिरहेछ
चाँद सगरमा उम्लिरहेछ
प्यार गढेको दिल छ मेरो
हो नशा चढेको गित छ मेरो
हो गित छ मेरो
तिमी दिलमा रोकी रोकी  (म)  

रुपा रुपौला देखी हँसिलो
आज संसार भयो रसिलो
हो हो हो     (म)
रुप रुपौला मन हँसिलो
आज संसार भयो रसिलो
फूल फूलेको मगमग वनमा
हो आशा छ लाखौँ जगमग मनमा
हो जगमग मनमा
हो हो हो
हो हो हो (म)
हो हो हो 



बिना बादल असिना आउँदैन- Bina Badal Asina Aaudaina- By Hari Prasad Rimal

 

शब्द : आनन्दराज श्रेष्ठ ;      संगीत तथा स्वर : हरिप्रसाद रिमाल
बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिन
हाए माया लाग्छ बोलाउन सक्दिन  ---२  

गीत गाउने कालो बादल तिमी बजाउ मादल  -२
मायालु त उसै राम्रो झन आखामा गाजल     -२
बिना बादल ........, ..............

घाम झुल्क्यो हिमालमा चरी गाउछे वनमा   -२
मैले भने सम्झिरैछु के छ तिम्रो मनमा        -२
बिना बादल .........., ...........

डाँडाकाडा घुम्दै फिर्दै बग्दै आउने खोला     -२
सम्झनाको गीत हो यो नबिर्सनु होला      -२
बिना बादल ........., .............

Sunday, August 23, 2020

पवनले फूललाई केहि भन्यो कि क्या ? - Pawanle Phulalai kehi bhanyo - By Hari Prasad Rimal

 शब्द : तारिणिप्रसाद कोईराला ;  संगीत तथ स्वर : हरिप्रसाद रिमाल 

पवनले फूललाई केहि भन्यो कि क्या ?
कि झस्किँदै कि मस्किदै   -२
मस्किएर जिस्किदै
पवन औ फूलको दिल मिल्यो कि क्या ?
दिल मिल्यो कि क्या ?     -२

प्रियसि पवनको काखमा जो झुकिन
लाजले चन्द्रमा बादलुमा लुकिन     --२
पवनको पर्शले केशरी छर्कियो
पवनले फूलको दिल हर्‍यो कि क्या ?
दिल हर्‍यो कि क्या ?      -२


रातभर , रातभर
रातभर पवनले फूललाई हम्कियो
रातभर वायुमा मधुर वास गम्कियो  --२
मिलनको आशमा जुनकिरी झल्किईन
फूलको पातमा मोती पो टल्कियो
पवनले फूलालाई .........., ........... 

फगत एक नजरमा - Fagat ek Najarma - By Hari Prasad Rimal

 शब्द : केशव राज पिंडाली ;   संगीत तथा स्वर : हरी प्रसाद रिमाल 

फगत एक नजरमा कसैले लियो मन
जती बिर्सुं भन्छु उति सम्झने झन
फगत एक नजरमा

प्रथम भेट मैभित्र कुत्कुत उठेथ्यो
नजर केहि झुकेथ्यो कदम केहि रुकेथ्यो --२
नजानी नजानिकनै लठ्ठियो तन -२
फगत एक नजरमा  .........,  .............,  .......

नयाँ प्रिय त रे यो नयाँ भेट रे यो - २ 
कुनै मितको हो जितको रित रे यो
छचल्क्यो जवानी झझल्क्यो नयाँपन - २
फगत एक नजरमा  ........., ..............., .......
 

Friday, August 21, 2020

लौन मेरो मुटु चुँडी लगिन- Launa Mero Mutu Chudi Lagin - By Shiva Shankar Manandhar

 शब्द : राममान तृषित  ; संगीत तथ स्वर : शिवशंकर मानन्धर


लौन मेरो मुटु चुँडी लगिन गीत गाएर
एउटी चरीले गाउकी परीले आएर        --२  

त्यो नदिको पानी झै चन्चल तिनी
जादु रैछ उन्को लजाइमा पनि            --२
जिन्दगीमै हलचल ल्याइन्, मित लाएर
एउटी चरीले गाउकी परीले आएर        --२

लौन मेरो................,..................

याद आँउछ दिनभर उन्ले गाएको धुन्
तिर्खाएको भाव पोख्ने ति नयन्            --२
आज मेरो बैँश जगाइन्, प्रित लाएर
एउटी चरीले गाउकी परीले आएर        --२

लौन मेरो................,..................

Thursday, August 20, 2020

कती बाँचु टुकृएको मुटुको ढुकढुकी लिई - Kati Baachu Tukriyeko Mutuko - By Indra Narayan Manandhar

 शब्द : राम मान तृषित ; संगीत : शिवशंकर मानन्धर,  स्वर : ईन्द्र नारायण मानन्धर


कती बाँचु टुकृएको मुटुको ढुकढुकी लिई
लाश भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई --२
कती बाँचु टुकृएको

कहाँ जाउ मेरो बाटो बाटोले नै छेकेको छ --२
मेरो हरेक पाइलाले काँडामाथि टेकेको छ --२
कती बाँचु हृदयमा सधैको ढुकढुकी लिई
लास भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई
कती ...................., .....................
कती बाँचु टुकृएको

मेरो मनको फुललाई बसन्तले मारिगईन --२
एउटा तारा बिलाई मेरो आकाश रित्तो पारी गईन --२
कती बाँचु पिर भन्दा बोक्न गाह्रो खुशी लिई 
लास भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई
कती ...................., .....................
कती बाँचु टुकृएको

घामका झुल्का हिउंमा पारी - Ghaamkaa Jhulkaa Hiumaa Paari - By Shiva Shankar Manandhar

शब्द, संगीत तथ स्वर : शिवशंकर मानन्धर


घामका झुल्का हिउंमा पारी
मेरी पारु हाँसिरहान्छे          --२
हरियालिको घुम्टो उघारी
छमछम छमछम गर्दै नाचिरहन्छे  

 

निर्जन वनमा बिलाईरहन्छे उसलाई कोही चिन्न नखोज      -२
मेरो आँशु र हाँसो भो उसकै रहस्य केहि मलाई नसोध 
रङ्गिबिरङ्गी फुलहरुबाट मेरी पारु च्याइरहन्छे
यो धर्तिमा मधुरो मिठो सुबास छर्दै आइरहन्छे      --२

 घामका झुल्का ............., ...........................

बताससँगै दौडिरहन्छे छहरासँगै पौडिरहन्छे -२
पर्वतमा गुन्जिरहने प्रतिध्वनिमा बोलिरहन्छे
शान्त र शितल जुनली रातमा मेरी पारु झल्किरहन्छे
कलीलो कोमल हरियो पातमा अमृत भर्दै टल्किरहन्छे   --२

घामका झुल्का ............., ...........................