Sunday, August 23, 2020

पवनले फूललाई केहि भन्यो कि क्या ? - Pawanle Phulalai kehi bhanyo - By Hari Prasad Rimal

 शब्द : तारिणिप्रसाद कोईराला ;  संगीत तथ स्वर : हरिप्रसाद रिमाल 

पवनले फूललाई केहि भन्यो कि क्या ?
कि झस्किँदै कि मस्किदै   -२
मस्किएर जिस्किदै
पवन औ फूलको दिल मिल्यो कि क्या ?
दिल मिल्यो कि क्या ?     -२

प्रियसि पवनको काखमा जो झुकिन
लाजले चन्द्रमा बादलुमा लुकिन     --२
पवनको पर्शले केशरी छर्कियो
पवनले फूलको दिल हर्‍यो कि क्या ?
दिल हर्‍यो कि क्या ?      -२


रातभर , रातभर
रातभर पवनले फूललाई हम्कियो
रातभर वायुमा मधुर वास गम्कियो  --२
मिलनको आशमा जुनकिरी झल्किईन
फूलको पातमा मोती पो टल्कियो
पवनले फूलालाई .........., ........... 

No comments: