Friday, December 1, 2017

Junkaa Kiranharule Prempatra -जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म - by Manikratna

रचना : किरण खरेल ; संगीत : चन्द्र राज शर्मा ; स्वर : माणिकरत्न स्थापित

जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म
फुलका कलीला पातमा खोजिदिनु है यसलाई
भोली सबेर तिमीले खोलिदिनु है यसलाई
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

धेरै भयो हजुरको केही खबर मिलेन
मेरो लागि मिर्मिरेमा लाली उशा खुलेन
ए हजुर
ए हजुर रिसायौ कि कसो
किन यसरी भुलेको
ति आँखामा मेरो तस्बिर भन छैन कि खुलेको
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

चिठ्ठी पठाउछु भन्थ्यौ चिठ्ठी पनि पठाइनौ
सपनामा भेट्छु भन्थ्यौ सपनामा पनि आईनौ
ए हजुर
ए हजुर म बाँच्न सक्दिन
तिम्रो चिठ्ठी नपाए
म बोल्ने छैन पक्कै भोली सपनामा नआए
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म