Tuesday, November 20, 2018

A Jun A Tara Gaidinu - ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु - By Yogesh Baidhya

शब्द : राम मान त्रिशित ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य

ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु     
मेरो रात त्यसै उज्यालो छ, मेरो दिल जलिरहेकोले
ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु   

म त देख्दछु बसन्तमै कती फुल उदास भएको
मिलनको सुखद घडीमै पनि दिल निरास भएको
ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु  
मेरो रात त्यसै उज्यालो छ, मेरो दिल जलिरहेकोले
ए जुन ए तारा गईदिनु

मेरो एक बिछोडमै पनि मेरो दिल रमाउन सक्छ
रुन देऊ आँशुले पनि मेरो प्यार बुझाउन सक्छ
ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु  
मेरो रात त्यसै उज्यालो छ, मेरो दिल जलिरहेकोले
ए जुन ए तारा गईदिनु

Kati Yasta Chhanharu Aauchan - कती यस्ता क्षणहरु आँउछन - By Yogesh Baidhya

शब्द : यादव खरेल ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य

कती यस्ता क्षणहरु आँउछन सबलाई छाडेर जाँउ
मन्मा लाग्छ कहिले काँही आँफैदेखी भागेर जाँउ
कती यस्ता क्षणहरु आँउछन

यो आकाशको बिस्तार भन्दा टाढा, सागरको किनार भन्दा टाढा - २ 
जहाँ चाहनाका लहरहरु नउठुन, जहाँ सपनाका कोपिला नफुटुन
कती यस्ता क्षणहरु आँउछन

यि मानिसको कोलाहल भन्दा पर, जिन्दगीको आयाम भन्दा भित्र - २
जहाँ हारजितको आशा नहोस्, जहाँ आफ्नै पनि आभास नहोस्
कती यस्ता क्षणहरु आँउछन

Pahile Pahile Kuraa Garaai - पहिले पहिले कुरा गराइ अनी लजाइ - By Yogesh Baidhya

शब्द : किरण खरेल   ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य

पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो
उस्को हसाइ अनी पछी आँखा तराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो

पहिले खाली साथी भनी अनी मिल्ने साथी भनी - २
कहिले कहिले झुक्किएर उन्ले मायालु नै भनी
त्यो चुचिको डराइडराइ माया गराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो

यती नगिच आईसकी सबै कुरा मलाई भन्छे - २
मेरो सामु रोइदिन्छे माया भने होइन भन्छे
त्यो रुन्चिको हराइहराइ आँशु झराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो

Dilmai Basera Merai kasari - दिलमै बसेर मेरै कसरी बेहाल दिल पार्यौ - By Shiva Shankar Manandhar

शब्द : म बि बि शाह                       संगीत तथा स्वर : शिव शंकर मानन्धर

दिलमै बसेर मेरै कसरी बेहाल दिल  पार्यौ
यो हाल मेरो पार्यौ                                     -- २

लुटेर चैन मेरो कसरी दियौ यो धड्कन
जादुपो  के कसोरी दिल्मा सधैं समायौ    --२
यो हाल मेरो पार्यौ 
दिल्मै बसेर मेरै

बद्लेर हाँसोलाई कसरी बनायौ आँशु 
तारा गनेर राती कसरी सिकायौ काट्नु   --२
यो हाल मेरो पार्यौ 
दिल्मै बसेर मेरै


टाढै लुकेरै कसरी दिनरात पास आयौ
खोइ दियौ तिमीमै कसरी नजर मिलायौ    --२
यो हाल मेरो पार्यौ 
दिल्मै बसेर मेरै कसरी बेहाल दिल पार्यौ
यो हाल मेरो पार्यौ

Nadi Kinar Machha Marda - नदी किनार माछा मार्दा - By Shiva Shankar Manandhar

शब्द : शहदेव राणा ; संगीत तथा स्वर : शिव शंकर मानन्धर

नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए   --२

यती राम्रो बाला लाउने कस्तो होला हात
गोरा होलान निधार तिम्रो सिन्दुर भर्या माथ  --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए

आँखा जुद्धा मृग भाग्लान जोवन देखी जुन
नखेलाउने तिमीलाई होला भाग्यमानी किन   --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए

हामी जस्ता अभागीलाई दर्शन दिए हुन्छ
बोल्नु पनि पर्ने छैन गाइदिए पुग्छ               --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए   --२

Sunday, November 18, 2018

Meri Maya kasti kasti - मेरी माया कस्ती कस्ती कस्ती - By Shiva Shankar Manandhar

संगीत तथा स्वर : शिव शंकर मानन्धर 

मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
नयनमा राखे पनि नबिझाउने
हृदयमा राखे पनी नहराउने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती

जुन भाई मेरो जीवन ढाक्ने
सपनामा पनि आएर डाक्ने
हो हो हो
परी पो हौ कि मन्मा छाउने
चरी पो हौ कि बन्मा गाउँने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती

सुख र दु:ख बाँडी लिउँला
अन्जुलिको जल बाँडी पिउँला
हो हो हो
देख्दा दुई छौ तर एक हौँ
साथै जिउछौ साथै मर्छौँ
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती

Saturday, November 17, 2018

Baya hatma rakhe sara dukhilaai - बाँया हातमा राखें सारा दुखिलाई - By Gopal Yonjan

 शब्द , सगीत तथा स्वर : गोपाल योन्जन

बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम

तिमीले दिएको सबथोक छ भगवान
खुशी देउ या आँशु मन्जुर छ भगवान
मेरा पापहरुको क्षमा नदेउ
मलाई सजाय नै मन्जुर छ भगवान
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई

जबसम्म दुई हात केही गर्न सक्छन
तबसम्म यि हात फैलाई नआँउ
जब एक दिन म तिमी छेउ आँउछु
संसारमा केही नछाडी नआँउ
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें सारा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम मेरो भगवान

Tuesday, November 13, 2018

Kina maya garda gardai - किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ - By Kanhaiya Kumar Joshi

शब्द : किरण खरेल ; संगीत : नातिकाजी ; स्वर : कन्हैया कुमार जोशी

किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ - २
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ

कोठाका झ्याल ढोका मलाई आँखा तर्छन - २ 
जीवनका स्वप्न सारा मलाई गाली गर्छन्
मनका हरेक इच्छा रित्याउ जस्तो लाग्छ
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहछ

दलिनहरु खसेर मलाई थिच्छु भन्छन - २
भित्ताहरु सरेर मलाई बाटो छेक्छन
आफ्ना मलामी आँफै निम्त्याउ जस्तो लाग्छ
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहछ - ३

Monday, November 12, 2018

Baachidinchhu timrai nimti - बाँचिदिन्छु तिम्रै निम्ती - By Gopal Yonjan

संगीत तथा स्वर : गोपाल योन्जन

बाँचिदिन्छु तिम्रै निम्ती,मरिदिन म सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

संसार सम्म त दिन सक्छु म
बैकुण्ठ दिन त सक्दिन
उज्याली देखी डर लाग्छ भने म
घाम डुबाउन म सक्दिन
निहुरिदिन्छु धर्तिसम्मै
तर सिर टेकाउन सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

मायाले अंगाली राखौला
ताराले सिंगार्न सक्दिन
मेरो मायाको साक्षी दिन तिमीलाई
ताज बनाउन सक्दिन
यि सत्यहरु मन्दिनौ भने
दिल चिरी देखाउन म सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

Sapanaa Dekhnu Aghi - सपना देख्नु अघी बिचमै निद खुल्यो - By Yogesh Baidhya

शब्द : रत्न शम्शेर थापा ; संगीत : नातिकाजी ; स्वर : योगेश बैध्य र तारा देवी
हँ हँ हँ हँ हँ हँ हँ हँ ( महिला )
सपना देख्नु अघी बिचमै निद खुल्यो
पुरानो घाऊ फेरी नयाँ भएर उठ्यो
नयाँ भएर उठ्यो
सपना देख्नु अघी
हँ हँ हँ हँ हँ हँ हँ हँ ( महिला )

शरदमै पोल्छ किन यो निलो जुन पनी - २
आँखाको नानी भरी बादल फैलिदियो 
बादल फैलिदियो
सपना देख्नु अघी
हँ हँ हँ हँ हँ हँ हँ हँ ( महिला )

रुकिन खोज्छ किन यो धुक्धुकिनै पनि - २
मुटुमा गाँठो पारी बेदआ चस्किरह्यो
सपना देख्नु अघी बिचमै निद खुल्यो (युगल)
पुरानो घाऊ फेरी नयाँ भएर उठ्यो
नयाँ भएर उठ्यो
सपना देख्नु अघी

Friday, November 9, 2018

Mangala Hos Yes Desako - मंगल होस् यस देशको - By Manikratna

स्वर : माणिकरत्न स्थापित

मंगल होस् यस देशको मंगल होस् अनी हाम्रो
मंगल् होस् अनी धर्तिभरिका ज्युँदा मान्छेहरुको - २

मंगलमय होस् हिमसमीर अमृतमय होस् हर जलकण - २
कोमलमय होस् धर्तिको माटो निर्मल होस् अनी निलगगन - २
मंगलमय हुन् चन्द्र सुर्य पनि ज्योतिर्मय होस् जीवन
मंगल होस् यस देशको मंगल होस् अनी हाम्रो
मंगल् होस् अनी धर्तिभरिका ज्युँदा मान्छेहरुको - २






Saturday, November 3, 2018

Aakhaima raat gali - आँखैमा रात गली शितमा तारा डुबे - By Yogesh Baidhya

शब्द : रत्न शम्शेर थापा ; संगीत : नतिकजी ; स्वर : योगेश बैध्य
आँखैमा रात गली शितमा तारा डुबे
बाटैमा आंधी चले आशाका मुना उडे
आँखैमा रात गली    

धुपी पिपल अनी लहरा पात झुके
जुही सिमल पनि छहरासाथ सुके
बारी बगैचाभरी मुजुर बएली  गए 
बाटैमा आंधी चले आशाका मुना उडे
आँखैमा रात गली     

बादलको बर्को मनी सपना सारा जमे
गाजलको धर्को बनी चाहना सारा थुने
परेला त्रिश्णा जती घुम्तिमा अल्झिदिए
बाटैमा आंधी चले आशाका मुना उडे
आँखैमा रात

Alikati timi abhiman chhoda - अलिकती तिमी अभिमान छोड - By Yogesh Baidhya

शब्द : राममान त्रिशित ; संगीत : शिव शंकर मानन्धर ; स्वर : योगेश बैध्य
अलिकती तिमी अभिमान छोड
अलिकती म अभिमान छोडु
हुन सक्छ अध्यारो जीवनलाई
एक नौलो बिहानी तर्फ मोडु
अलिकती ......................

आँखामा यस्तो गाजल छ तिम्रो
हर फुलको रङलाई छेकिदिने
आँखामा यस्तो सपना छ मेरो
हर रात उज्यालो देखिदिने
अलिकती .......................

हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी
तिम्रो मेरो गतिमै हाम्रो मिठो मिलन
किन यस्तो सजिलो मोडमा पनि
तिम्रो पाउमा थकान मेरो पाउमा जलन
अलिकती तिमी .........................
..................................................