Saturday, November 17, 2018

Baya hatma rakhe sara dukhilaai - बाँया हातमा राखें सारा दुखिलाई - By Gopal Yonjan

 शब्द , सगीत तथा स्वर : गोपाल योन्जन

बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम

तिमीले दिएको सबथोक छ भगवान
खुशी देउ या आँशु मन्जुर छ भगवान
मेरा पापहरुको क्षमा नदेउ
मलाई सजाय नै मन्जुर छ भगवान
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई

जबसम्म दुई हात केही गर्न सक्छन
तबसम्म यि हात फैलाई नआँउ
जब एक दिन म तिमी छेउ आँउछु
संसारमा केही नछाडी नआँउ
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें सारा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम मेरो भगवान

No comments: