Tuesday, November 20, 2018

Pahile Pahile Kuraa Garaai - पहिले पहिले कुरा गराइ अनी लजाइ - By Yogesh Baidhya

शब्द : किरण खरेल   ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य

पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो
उस्को हसाइ अनी पछी आँखा तराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो

पहिले खाली साथी भनी अनी मिल्ने साथी भनी - २
कहिले कहिले झुक्किएर उन्ले मायालु नै भनी
त्यो चुचिको डराइडराइ माया गराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो

यती नगिच आईसकी सबै कुरा मलाई भन्छे - २
मेरो सामु रोइदिन्छे माया भने होइन भन्छे
त्यो रुन्चिको हराइहराइ आँशु झराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो

No comments: