Monday, November 12, 2018

Baachidinchhu timrai nimti - बाँचिदिन्छु तिम्रै निम्ती - By Gopal Yonjan

संगीत तथा स्वर : गोपाल योन्जन

बाँचिदिन्छु तिम्रै निम्ती,मरिदिन म सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

संसार सम्म त दिन सक्छु म
बैकुण्ठ दिन त सक्दिन
उज्याली देखी डर लाग्छ भने म
घाम डुबाउन म सक्दिन
निहुरिदिन्छु धर्तिसम्मै
तर सिर टेकाउन सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

मायाले अंगाली राखौला
ताराले सिंगार्न सक्दिन
मेरो मायाको साक्षी दिन तिमीलाई
ताज बनाउन सक्दिन
यि सत्यहरु मन्दिनौ भने
दिल चिरी देखाउन म सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

No comments: