Monday, February 28, 2022

लाजले तिमी झुकिदिदा - Laajale timi jhukididaa - By Kalyan + Biju Rimal

शब्द : रबिन्द्र शाह  ;  संगीत : कल्याण रिमाल ;   स्वर : कल्याण + बिजु रिमाल 


लाजले तिमी झुकिदिदा फूल पनि लर्किन्छ 

आँखा देखी टाढा  टाढा हुँदा मेरो छाती चर्किन्छ  

लाजले तिमी झुकिदिदा 


नठान मलाई अर्काको - प्यार तिम्रै लागि छ 

नठान तिमी अर्काको - आश अझै बाँकी छ 

नछोडी जाउ आशु तर्किन्छ 

लाजले तिमी झुकिदिदा 


बादलूमा लुकी बस्ने - चन्दा मेरो नाँउ हो 

ताराबिच हाँसी बस्ने - माया मेरो नाँउ हो 

तिमी आईदिए पास - बहार आँफै फर्किन्छ 

लाजले तिमी झुकिदिदा