Monday, September 12, 2022

Sabalaai Rijhaau Bhanda - सबलाई रिझाउँ भन्दा - भत्केको गोरेटोमा लाखौंँ अभागी हिड्छन् - By Narayan Gopal

शब्द/संगीत: गोपाल योञ्जन ; स्वर: नारायण गोपाल


सबलाई रिझाउँ भन्दा 

आ ~ ~ ~ ~ ~ 

भत्केको गोरेटोमा लाखौंँ अभागी हिड्छन् 

सबलाई बाटो दिँदा म भिरमा खसेछु     --}२ 

सबलाई अड्याउँ भन्दा आँफै पो टेकिएछु 

मेरो कोही भएन सबैको म भएछु - २ 

सबलाई रिझाउँ भन्दा 


आ ~ ~ ~ ~ ~ 

पहाडको मुटु छोए साँचै नै ढुङ्गा रैछ 

उम्लाउ खून भनेको मेरै मुटु फुटेछ    --}२               

जाडोले कक्रिएका मेरो प्यारो प्यारो सन्तान 

सबलाई तताउँ भन्दा मेरो घर पो सल्किएछ 

मुर्दा जगाउँ भन्दा आँफै पो तर्सिएछु 

मेरो कोही भएन सबैको म भएछु - २ 

सबलाई रिझाउँ भन्दा 

आ ~ ~ ~ ~ ~