Wednesday, December 12, 2018

Masannga Euta Tara Chha - मसँग एउटा तारा छ मायाको - By Ganesh Rasik

शब्द : बासु शाही ; संगीत : गणेश रशिक ; स्वर : कमला श्रेष्ठ + गणेश रशिक

म =>  मसँग एउटा तारा छ मायाको
          यसलाई एउटा आकाश देउ
पु =>  मसँग एउटा डुंगा छ हृदयको
          यसलाई एउटा सागर देउ
म => मसँग एउटा तारा छ मायाको
पु => मसँग एउटा डुंगा छ हृदयको

म => त्यो तारा फुल्नेछ तिम्रो ओठमा
         मुस्कानका फुल बनेर }-२  
         त्यो तारा खेल्ने छ तिम्रो काखमा
         मुटुको राम्रो खेलौना बनेर
पु =>  मसँग एउटा डुंगा छ हृदयको
         यसलाई एउटा सागर देउ
म => मसँग एउटा तारा छ मायाको
पु => मसँग एउटा डुंगा छ हृदयको

पु => त्यो डुंगाले पुर्याउछ तिमीलाई
        तिमीले देखेको सपना सम्म } - २ 
        त्यो डुंगाले लैजान्छ तिमीलाई
        तिमीले गरेको कल्पना सम्म
म =>  मसँग एउटा तारा छ मायाको
        यसलाई एउटा आकाश देउ
पु =>  मसँग एउटा डुंगा छ हृदयको
        यसलाई एउटा सागर देउ
म => मसँग एउटा तारा छ मायाको
पु => मसँग एउटा डुंगा छ हृदयको

Thursday, December 6, 2018

Hudaina Tadha Man Parepachhi - हुँदैन टाढा मन परेपछी - By Puspa Nepali

 स्वर : पुष्प नेपाली

हुँदैन टाढा मन परेपछी - २
नजिक त्यो हुन्छ - २ } २   

त्यो चन्द्रमन्डल छ माथि नभमा समुन्द्र प्रिथिबिमा
तथापी पूर्ण चन्द्रमा देखी समुन्द्र उर्लन्छ - २
हुँदैन टाढा मन परेपछी - २
नजिक त्यो हुन्छ - २

बगैचाभित्र फक्रिरहेको मालती फुलले
वनमा बस्ने भँवरालाई कसरी बोलाउछ -२
हुँदैन टाढा मन परेपछी - २
नजिक त्यो हुन्छ - २ } - २  



Aaja kina saathi malai - आज किन साथी मलाई रोउ रोउ लाग्छ - By Puspa Nepali

 स्वर : पुष्प नेपाली

आज किन साथी मलाई रोउ रोउ लाग्छ - २

जीवन हाम्रो बित्ने हो कि बिदेसैमा बसी - २
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रोउ रोउ लाग्छ 

सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो - २
बाबुआमा रुदै होलान हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रोउ रोउ लाग्छ

साँईली माँईली नाँच्थिन आज बजाउदै मादल - २
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रोउ रोउ लाग्छ

कान्छी रुन्थीन नजाउ भन्दै बाटो छेकी छेकी - २
अर्को दसैं कुर्दा कुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रोउ रोउ लाग्छ

Timro Mutu Chhuna Paaye - तिम्रो मुटु छुन पाए - By Puspa Nepali

संगीत : भैरब बहादुर थापा , स्वर : पुष्प नेपाली

तिम्रो मुटु छुन पाए कतीचोटी धड्किदिन्थेँ
आँखा तिम्रो छाउन पाए सपना बनी आईदिन्थेँ

हजार दिल तोडिदिन्थेँ हजार धड्कन रोकिदिन्थेँ - २
तिम्रो जीवन पाउनलाई हजार बरदान मागिदिन्थेँ
दोबाटोमा ओर्लिएर तिमीलाई नै पर्खिदिन्थेँ
तिम्रो मुटु छुन पाए कतीचोटी धड्किदिन्थेँ
आँखा तिम्रो छाउन पाए सपना बनी आईदिन्थेँ

मुहारलाई लुकाएर तिमीलाई चिहाइदिन्थेँ - २
तिम्रो नजिक आउनलाई कती पाइला चालिदिन्थेँ
औँशीलाई छकाएर पुर्णिमालाई डाकिदिन्थेँ
तिम्रो मुटु छुन पाए कतीचोटी धड्किदिन्थेँ
आँखा तिम्रो छाउन पाए सपना बनी आईदिन्थेँ



Monday, December 3, 2018

Tarabhari Mero Katha - ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा - By Dhruba K.C.

स्वर : ध्रुब के. सि .

ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा
रात जती बैगुनी होस् गुणभरी तिम्रो कथा
जुनभरी तिम्रो कथा जुनभरी तिम्रो कथा
ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा

कैले आँखा दोशी हुन्छ कैले रुप दोशी हुन्छ
सौगातको झोली भित्र कैले माया बेसी हुन्छ
कैले आँखा दोशी हुन्छ कैले रुप दोशी हुन्छ
कैले माया बेशी हुन्छ
चाँदिभरी मेरो कथा सुनभरी तिम्रो कथा

कस्लाई चासो छ र यहाँ तिम्रो जीतको तर्क बुझ्न
कस्लाई फुर्सद छ र यहाँ मेरो गीतको अर्थ बुझ्न
कस्लाई चासो छ र यहाँ तिम्रो जीतको तर्क बुझ्न
मेरो गीतको अर्थ बुझ्न
बाजाभरी मेरो कथा धुनभरी तिम्रो कथा
रात जती बैगुनी होस् गुणभरी तिम्रो कथा
जुनभरी तिम्रो कथा जुनभरी तिम्रो कथा
ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा

Baha Kahaa Ma Pokhu - बह कहाँ म पोखु सुन्दिने छैन कोही - By Dhruba K.C.


स्वर : ध्रुब के. सि.

आ आ S  S  S  S  S  S S
बह कहाँ म पोखु सुन्दिने छैन कोही
तिमीबिना मलाई साथ दिने छैन कोही
बह कहाँ म पोखु सुन्दिने छैन कोही

प्रितका गीत गाई
प्रितका गीत
प्रितका गीत गाई रात भई लुकेको छु -२
रात र दिन सधैंभरी 
रात र दिन सधैंभरी तिम्रो बाटो ढुकेको छु
बह कहाँ म पोखु सुन्दिने छैन कोही

एक्छिन आफ्नो ठानी
एक्छिन आफ्नो
एक्छिन आफ्नो ठानी मलाई अङ्गाली  लेउ -२
एक्छिन प्रितका प्याला
एक्छिन प्रितका प्याला मलाई पिउन देउ
बह कहाँ म पोखु सुन्दिने छैन कोही
तिमीबिना मलाई साथ दिने छैन कोही

Timi Bina Yo Jindagi - तिमी बिना यो जिन्दगी - By Dhruba K.C.

स्वर : ध्रुब के. सि .

तिमी बिना यो जिन्दगी कती सुन्य सुन्य छ
आईदेउ न बाहुमा माया र प्रिती साटी देउन     }- २

उमेर भरी राखेका माया जोवनभरी साँचेका बैँस - २
तिमीलाई नै दिउला भनी पर्खि रहेको छु - २
तिमी बिना यो जिन्दगी कती सुन्य सुन्य छ
आईदेउ न बाहुमा माया र प्रिती साटी देउन

त्रिश्णाले मातिएका आँखाहरु चाहनाले भरिएका ओठहरु - २
तिम्रो लागि प्यार बोकी तड्पी रहेको छु - २
तिमी बिना यो जिन्दगी कती सुन्य सुन्य छ
आईदेउ न बाहुमा माया र प्रिती साटी देउन      }- २

Prem Ke Jaanos - प्रेम के जानोस प्रेमको बोली - By Dhruba K.C.

स्वर : ध्रुब के. सि .

प्रेम के जानोस
प्रेम के जानोस प्रेमको बोली
रुप के जानोस के जानोस
भलो या जाली
प्रेम के जानोस

देखेको हि तारा नौलो लाग्यो
हृदयले तेस्को झल्को ल्यायो }- २  
न चन्द्र भन्नु न तारा नै
सुन्दरताको न बाला नै } - २  
प्रेम के जानोस
प्रेम के जानोस प्रेमको बोली
रुप के जानोस के जानोस
भलो या जाली
प्रेम के जानोस

झुकी  झुकी त्यो नयन उचाली
बाँधेर मुस्कान मौन बोली } - २  
लाजको झोली बोकी हिंड्ने
निल घुम्टो वा बिजुली नै } - २
प्रेम के जानोस
प्रेम के जानोस प्रेमको बोली
रुप के जानोस के जानोस
भलो या जाली
प्रेम के जानोस


Timro Maya Kagajko Rangichangi Phula - तिम्रो माया कागजको रङ्गीचङ्गी फुलजस्तो - By Dhruba KC

शब्द : किरण खरेल ; संगीत : नातिकाजी ;  स्वर : ध्रुब के. सि.

तिम्रो माया कागजको रङ्गीचङ्गी फुलजस्तो
तिम्रो बाचा साउनको भेल भन्दा पनि सस्तो
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिम्रो साथ नपाउँदैमा नसक्ने त हैन बाँच्न
तिमीले आँशु नपुछ्दैमा नसक्ने त हैन हाँस्न 
एक थोपा आँशु हो फेरी बह्यो के भो र ? 
एकैछिन्को सपना धोखा भो त के भो र ?
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिमी आउने बाटोबाट हिंड्न पनि छोडिदिउला
आँखा जुधी ठेस लागे पाउ अन्तै मोडिदिउला
खोजी आउन जान्नेले छोड्न पनि जाँन्दछ
सम्झी रुन जान्नेले बिर्सी हाँस्न जाँन्दछ
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

Timro Maya Pattharko Jhukyaune rup - तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो - By Tara Devi

शब्द : किरण खरेल ; संगीत : नातिकाजी  ; स्वर : तारादेवी

तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो
तिम्रो प्रिती चैतको धुलो भन्दा पनि सस्तो
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन 
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
एकै झुल्को घाम हो अस्तायो त के भो र? 
एकैछिन्को तर्कना तर्कियो त के भो र ?
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन 
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिम्ले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउला
पर्खि बस्ने मान्छेले फर्की जान जाँन्दछ
आफ्नो भन्न जान्नेले पराइ भन्न जाँन्दछ
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन 
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

Sunday, December 2, 2018

Kasari Tukri Gaigaye - कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध - By Bachchu Kailash

स्वर : बच्चु कैलाश

कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भईगएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध

यो छातीमा कतिले टेकी गए
कतिले मलाई यहाँ लुटी गए
भागेर जाउ म कहाँ
धर्ती यहाँ मेरो प्रित यहाँ
कसरी जल्दै गैगए यो कुरा बिन्ती नसोध

छोडि आएँ म हाँस्ने खेल्ने किनारा
अर्को किनारा टाढा छ टाढा छ
टाढा छ मेरो रोईरहने प्रित
मदेखी धेरै टाढा छ
कसरी टुट्दै गैगएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भईगएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध

Birseko bhaye biteka kura - बिर्सेंको भए बितेका कुरा - By Bachchu Kailash

शब्द : म बि बि शाह ; संगीत तथा स्वर : बच्चु कैलाश

बिर्सेंको भए बितेका कुरा पापिको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले - २ 
लेकाली फुल शितका थोपा फुलका मुनाले
ब्युँझायो होला सुतेको माया बिहानी पखले - २

त्यो मुटुबिच गडेको याद जमेको हिँउले 
सम्झायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रङले
ब्युँझायो होला सुतेको माया साँझको यामले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले

सुतेको बेला सपना देखी खुलेको आँखाले
सम्झायो होला पुरानो माया जुनको छाँयाले
बगेका   गाजल नयनबाट निस्केका आँशुले
ब्युँझायो होला सुतेको माया पुरानो यादले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले

Kalpanako Gagana - कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन - By Bachchu Kailash

शब्द : सुरेन्द्र शाह  ; संगीत तथा स्वर : बच्चु कैलाश

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
कहिले होला त्यो दिन जब होला मिठो मिलन

साउने झरी कुर्लिकुर्ली भदौ पनि लाग्यो - २
लाग्छ सरद हट्छ झरी किन्तु आँशु झरी भईरह्यो
आँशु कहिले थामिने मन्को घाऊ कहिले पलाउने
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

पिर लिई दुब्लाएर छैन भोक निन्द्रा - २
खोक्रो जस्तो शरीर भाई चियाछिया मन भो होला
मन्को पिर गाएर रुदी हौली एक्लाई बसेर
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

बन्धनको क्यानरीले गाँउछ मिठो गीत - २
सुखी छ कि दुखी छ त्यो थाहा कल्ले पाउन सक्छ र ?
देख्छन सबले हासेको देख्छ कल्ले मन जलेको
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

Yo Ho Geet Timilai - यो हो गीत तिमीलाई यो हो प्रित तिमीलाई - By Bachchu Kailash

शब्द : शान्ती सिंह   ; संगीत तथा स्वर : बच्चु कैलाश

यो हो गीत तिमीलाई यो हो प्रित तिमीलाई
सपनामा खस्रेथेँ बिपनामा गाएछु
सम्झिलेउ फरर हृदयको पाना गनेर

उडी हिंड्ने चरिले नाची हिंड्ने परिले - २
मन्को कुरा जानिन हात मेरो थामिन
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत 

पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको - २
हाँसो खेल्ने ओठमा बिरह छ बसेको
दिल्मा चयन छैन हजुर आँखामा छ आँशु बरर
यो हो गीत

आशा मेरो लामो छ जिन्दगी यो छोटो छ - २
तिमीलाई पाउने मात्र एक धोको छ
कोशेली यो मायाको बिन्ती छ है फिर्ता नगर
यो हो गीत

Maya Maile Bolauna Hunchha - माया मैले बोलाउनु हुन्छ - By Bachchu Kailash

स्वर : बच्चुकैलाश

माया मैले बोलाउनु हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झनु हुन्छ कि हुँदैन
कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन 

बादल पारी संसार छ रे मैले ते भेटीन - २
फुलेको यौवन ओईली नझर्ने ठाउँ नै देखिन
संसार यहीँ बसाए हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन

एउटा सानो फुलको थुङगा हातमा लिउला - २
तिमीले माने त्यो फुल्को थुङगा तिमीलाई दिउला
केही बिन्ती सुनाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
माया मैले