Wednesday, December 12, 2018

Masannga Euta Tara Chha - मसँग एउटा तारा छ मायाको - By Ganesh Rasik

शब्द : बासु शाही ; संगीत : गणेश रशिक ; स्वर : कमला श्रेष्ठ + गणेश रशिक

म =>  मसँग एउटा तारा छ मायाको
          यसलाई एउटा आकाश देउ
पु =>  मसँग एउटा डुंगा छ हृदयको
          यसलाई एउटा सागर देउ
म => मसँग एउटा तारा छ मायाको
पु => मसँग एउटा डुंगा छ हृदयको

म => त्यो तारा फुल्नेछ तिम्रो ओठमा
         मुस्कानका फुल बनेर }-२  
         त्यो तारा खेल्ने छ तिम्रो काखमा
         मुटुको राम्रो खेलौना बनेर
पु =>  मसँग एउटा डुंगा छ हृदयको
         यसलाई एउटा सागर देउ
म => मसँग एउटा तारा छ मायाको
पु => मसँग एउटा डुंगा छ हृदयको

पु => त्यो डुंगाले पुर्याउछ तिमीलाई
        तिमीले देखेको सपना सम्म } - २ 
        त्यो डुंगाले लैजान्छ तिमीलाई
        तिमीले गरेको कल्पना सम्म
म =>  मसँग एउटा तारा छ मायाको
        यसलाई एउटा आकाश देउ
पु =>  मसँग एउटा डुंगा छ हृदयको
        यसलाई एउटा सागर देउ
म => मसँग एउटा तारा छ मायाको
पु => मसँग एउटा डुंगा छ हृदयको

No comments: