Sunday, December 2, 2018

Birseko bhaye biteka kura - बिर्सेंको भए बितेका कुरा - By Bachchu Kailash

शब्द : म बि बि शाह ; संगीत तथा स्वर : बच्चु कैलाश

बिर्सेंको भए बितेका कुरा पापिको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले - २ 
लेकाली फुल शितका थोपा फुलका मुनाले
ब्युँझायो होला सुतेको माया बिहानी पखले - २

त्यो मुटुबिच गडेको याद जमेको हिँउले 
सम्झायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रङले
ब्युँझायो होला सुतेको माया साँझको यामले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले

सुतेको बेला सपना देखी खुलेको आँखाले
सम्झायो होला पुरानो माया जुनको छाँयाले
बगेका   गाजल नयनबाट निस्केका आँशुले
ब्युँझायो होला सुतेको माया पुरानो यादले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले

No comments: