Thursday, December 6, 2018

Aaja kina saathi malai - आज किन साथी मलाई रोउ रोउ लाग्छ - By Puspa Nepali

 स्वर : पुष्प नेपाली

आज किन साथी मलाई रोउ रोउ लाग्छ - २

जीवन हाम्रो बित्ने हो कि बिदेसैमा बसी - २
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रोउ रोउ लाग्छ 

सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो - २
बाबुआमा रुदै होलान हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रोउ रोउ लाग्छ

साँईली माँईली नाँच्थिन आज बजाउदै मादल - २
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रोउ रोउ लाग्छ

कान्छी रुन्थीन नजाउ भन्दै बाटो छेकी छेकी - २
अर्को दसैं कुर्दा कुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रोउ रोउ लाग्छ

No comments: