Monday, December 3, 2018

Tarabhari Mero Katha - ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा - By Dhruba K.C.

स्वर : ध्रुब के. सि .

ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा
रात जती बैगुनी होस् गुणभरी तिम्रो कथा
जुनभरी तिम्रो कथा जुनभरी तिम्रो कथा
ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा

कैले आँखा दोशी हुन्छ कैले रुप दोशी हुन्छ
सौगातको झोली भित्र कैले माया बेसी हुन्छ
कैले आँखा दोशी हुन्छ कैले रुप दोशी हुन्छ
कैले माया बेशी हुन्छ
चाँदिभरी मेरो कथा सुनभरी तिम्रो कथा

कस्लाई चासो छ र यहाँ तिम्रो जीतको तर्क बुझ्न
कस्लाई फुर्सद छ र यहाँ मेरो गीतको अर्थ बुझ्न
कस्लाई चासो छ र यहाँ तिम्रो जीतको तर्क बुझ्न
मेरो गीतको अर्थ बुझ्न
बाजाभरी मेरो कथा धुनभरी तिम्रो कथा
रात जती बैगुनी होस् गुणभरी तिम्रो कथा
जुनभरी तिम्रो कथा जुनभरी तिम्रो कथा
ताराभरी मेरो कथा जुनभरी तिम्रो कथा

No comments: