Friday, December 1, 2017

Junkaa Kiranharule Prempatra -जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म - by Manikratna

रचना : किरण खरेल ; संगीत : चन्द्र राज शर्मा ; स्वर : माणिकरत्न स्थापित

जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म
फुलका कलीला पातमा खोजिदिनु है यसलाई
भोली सबेर तिमीले खोलिदिनु है यसलाई
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

धेरै भयो हजुरको केही खबर मिलेन
मेरो लागि मिर्मिरेमा लाली उशा खुलेन
ए हजुर
ए हजुर रिसायौ कि कसो
किन यसरी भुलेको
ति आँखामा मेरो तस्बिर भन छैन कि खुलेको
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

चिठ्ठी पठाउछु भन्थ्यौ चिठ्ठी पनि पठाइनौ
सपनामा भेट्छु भन्थ्यौ सपनामा पनि आईनौ
ए हजुर
ए हजुर म बाँच्न सक्दिन
तिम्रो चिठ्ठी नपाए
म बोल्ने छैन पक्कै भोली सपनामा नआए
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

Monday, August 7, 2017

Aajabholi kina ho timi - आजभोलि किन हो तिमी सपनामा देखिन छाडेकी - by Shiva Shankar Manandhar

शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिव शंकर

आजभोलि किन हो तिमी
सपनामा देखिन छाडेकी - 2
सँगै बसी गरेका कुर
होकी खाली मलाई ढाटेकी - 2

सपनामा तिमीलाई देख्छु सधैंभरी
जाने बेला भनीगयौ माया गरीगरी
कती निद बितिसके तिमी भने आईनौ
कुहिरोको घुम्टो खोली सरमले च्याईनौ
आजभोलि ....................
.....................................

बालकको खेल्ने घर हाम्रो प्यार हैन
जती जाउ तिमी पर बिर्सने म छैन
शितलाई सुस्ताएझै फुल छातीमाथी
तिमीलाई सम्झेको छु मैले मेरै साथी
आजभोलि .........................
................................................

Sunday, July 2, 2017

Yati Chadai Kasari Birsu - यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको - by Shiva Shankar Manandhar

शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिवशंकर

यती चाडै कसरी बिर्सु
सिम्सिमे पानीले रुझेको - 2
मोतिजस्तो पानीको थोपा
तिम्रो कालो केसमा तर्केको - 2

सुनसान बाटो थियो सुनबुट्टे रात
हिड्दहिड्दै छोइएथे सुकुमारी हात
धड्कनले आपसमा गरेका झै कुरा
झन्झनाइ बजे तिम्रा चिर्बिरे चुरा
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको

बाटो हिंड्ने दुइजना एउटा थियो छाता
जुलाफी ति तिम्रा गाला देखिएथे राता
तिम्रो भने भिजेको थियो आधा जिउ सारा
मैले भने पुछेको थिए पसिनाका धारा
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको

कपालको पानी आई प्रिथ्बीमा छर्के
कुन्नी किन भागेकी थियौ अलिकती तर्की
दुई कदम पर तिम्रा पाउ रोकिएथे
अचानक यो छातीमा सास छेकिएथे
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको 





Thursday, June 8, 2017

Kun Desaki Chari Hau Timi - कुन देशकी चरी हौ तिमी कुन देशकी परी by Hikmat Mali

शब्द : कृष्णहरी बराल ; संगीत : राम थापा ; स्वर : हिक्मत माली

कुन देशकी चरी हौ तिमी कुन देशकी परी
मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी

आँखामा देख्छु जादु सुबाश छ कालो केशमा
छल्केको देख्छु भाब नयाँ कोमल ति तिम्रा ओठमा
कुन कालिगढले कहिले बनायो कसो गरी
कुन देशकी चरी हौ..............
........................................

रात नै उजेलो हुन्छ तिमीले घुम्टो खोलिदिदा
तड्पिन्छ लाखौं मुटु तिमीले मस्केर बोलिदिदा
यस्तो अपुर्व रुप भन पायौ कसोगरी
कुन देशकी चरी हौ..............
........................................

Sunday, April 30, 2017

Aile nalagnu yo dil - ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु - Kanhaiyaa Kumar Joshi

शब्द : राममान त्रिशित , स्वर : कन्हैया कुमार जोशी

ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
अलिदिन कुरेर तिमीमा जवानी त आउन देउ
                                पैले सम्भाल्न जान्नु
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिमीसँग माया लाउन एउटै कुराको डर छ
बुझ्दैनौ शायद तिमीले कती दु:ख सहनु पर्छ
ऐले नलग्नु यो फूल पैले सम्भाल्न जान्नु
बचपन गएर तिमीमा जवानी त आउन देउ
                                   पैले सम्भाल्न देउ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिम्रो निमित्त दिलको मन्दिर अझै छ खाली
आएर बस्नु तिमी नै जब तिमी जवान होउलिउ
ऐले नगर्नु यो भूल पैले सम्भाल्न जान्नु
हतास नहुनु तिमीमा जवानी त आउन देउ
                                  पैले सम्भाल्न देउ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
...........................................................
..........................

Monday, April 24, 2017

Timi aafulaai apsaraa - तिमी आफुलाई अप्सरा भनी ठान्दछौ भने - Kanhaiyaa Kumar Joshi

शब्द : किरण खरेल , संगीत : चन्द्रराज शर्मा , स्वर : कन्हैया कुमार जोशी

तिमी आफुलाई अप्सरा भनी ठान्दछौ भने 
म आफुलाई देवता किन भनी नठानु 
तिमी आफुलाई अप्सरा 

म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे 
लाखौंमा एक हुन्छन तिमीजस्ती भन्छन मान्छे 
म पनि त तिमीलाई लोभ्याइ राख्न सक्छु 
छिन्मै रुवाउन सक्छु छिन्मै हसाउन सक्छु 
तिमी आफुलाई अप्सरा 

फुलको त के कुरा भो र बसन्तै दास तिम्रो 
अमृत मगमगाउछ सँगाली सास तिम्रो 
म पनि त पथ्थरलाई प्रेमले पगाल्न सक्छु 
मायाले जित्न सक्छु आफ्नो बनाउन सक्छु 
तिमी आफुलाई अप्सरा ..............
.............................
............................

Tuesday, March 21, 2017

Mera aghikaa kalpanaa - मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए - Shiva Shankar Manandhar

संगीत तथा स्वर : शिव शंकर

मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए
देखेका ति सपना तिमीसंगै हराए

परपरका तारा गनिगनी रात बिताए
वरवरका सारा जानिजानी हो गुमाए
मेरा अघिका कल्पना

बिर्सी सकेको गीत सम्झीसम्झी एक्लै म गाउछु
छुटिसकेको प्रित पाएदेखी तिमीमा पाउछु
मेरा अघिका कल्पना

देउ मलाई सहारा आउ आउ नगिकै आउ
मैले चिनेका बुझेका मिठा कुरा ति सुनाउ
मेरा अघिका कल्पना ............
मेरा अघिका कल्पना

Sunday, March 19, 2017

Mutule mero tyo timro mutu - मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर - Shiva Shankar Manandhar

शब्द : म. बि. बि. शाह         संगीत तथा स्वर : शिव शंकर मानन्धर

मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर
राख्दछ सधैं जतन गरी मायाले छोपेर
मुटुले मेरो .............

गाउछ गीत घांटिमा तिम्रो सुरमा बसेर
मादल मेरो तालमा तिम्रो बज्दछ जमेर
मुटुले मेरो ..............

यो मुटु मेरो चल्दछ हेर ढुक्ढुकी बनेर
हृदय जब चल्दछ तिम्रो मलाई सम्झेर
सास म फेर्छु सासमा तिम्रो एउटै भएर
पिउछु मैले त्यो प्यास तिम्रो मेटिन्छ गएर
मुटुले .................
..........................

आँखाले तिम्रो तस्बिर मेरो राख्दछ खिचेर
छातीमा मेरो भरिन्छ माया तिमीलाई सम्झेर
बादलको बिच लुकेको पानी बर्षाले झरेर
इन्द्रेनी पर्छ घाम्छांया जुनी हरियो भएर
मुटुले मेरो .............
.............................

Wednesday, March 15, 2017

Koiliko swor choreko timile - कोइलिको स्वर चोरेको तिमीले - By Bachchu Kailash

बच्चुकैलाश

कोइलिको स्वर चोरेको तिमीले
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
कसरी होला सुनेर जाउन

सपना बनी बिपना बनी    2
बिपना पनि सपना जस्तै
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
कसरी होला सुनेर जाउन

बिर्सेंको भाखा सम्झेर गाइदेउ
आकाशै ढाक्ने पिरती लाइदेउ
पातलो बोल्दै सितल गल्दै
मुटुको घाऊ मुटुले छोइदेउ   2
मलाई घायल पारेको तिमीले
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
कसरी होला सुनेर जाउन

Tuesday, March 14, 2017

Jogini Jasti bhaicheu - जोगिनी जस्ती भैछौ किन बाबा के भयो ? - Shiva Shankar Manandhar

रचना : भिमनिधी तिवारी ; संगीत तथा स्वर : शिवशंकर मानन्धर


जोगिनी  S S S S S S S S

जोगिनी जस्ती भैछौ किन बाबा के भयो ?

बिस बर्षे बैस तिम्रो शोकमा नै यसै गयो

जोगिनी



केशको श्रिंगार पैले सम्झ आँफै क्या थियो  - २ 

देख्दछु  S S S S S S S

देख्दछु लटा छ कैलो लौन बाबा के भयो ?  - २

जोगिनी



जो गलामा मोतिको माला रहन्थ्यो हरघडी - २

तुलसिको S S S S S S S S

तुलसिको कन्ठ आज बिन्ती बाबा के भयो ? - २

जोगिनी



कारचोबी रङिचङी बस्त्र हुन्थ्यो रेशमी  - २

गेरुवा S S S S S S S S S

गेरुवा खस्रो छ धोती मेरी बाबा के भयो ? - २

जोगिनी  जस्ती ......

.............................

.....

Monday, March 13, 2017

Ek raat manchhe dekhi manchhe haraai - एक रात मान्छेदेखी मान्छे हराइ - Jitendra Bardewa

शब्द , संगीत तथा स्वर : जितेन्द्र बर्देवा

एक रात मान्छेदेखी मान्छे हराइ कालो रात्मा प्रेतात्माझै
सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला
कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा
एउटा मान्छे जवानिमै बहुला हुने को होला ?

उस्ले आफ्नो दुनियाँ उस्ले आफ्नो खुशीहरु
कस्लाई अर्पिदिएछ कि कस्ले खोसिदिएछ कि !
एक्लै रुने एक्लै हास्ने  कस्को बरदान त्यो होला ?
एक रात ........

भोक तिर्खा लाग्न सम्म उस्ले बिर्सिसकेको छ
को आफ्नो को अर्को उस्ले आँफैलाई बिर्सेंको छ
खोक्रो जीवन चेत भइसक्यो प्राण केमा अल्झेको छ ?
एक रात .........

Thursday, February 16, 2017

Jaba Jaba aauchha aakha saamu - जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - By Shiva Shankar Manandhar

संगीत तथा स्वर : शिव शंकर मानन्धर
(पछी प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको )

जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु
केही भुल गरेझै लाग्छ मलाई
केही पाप गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २

मैले तिमीलाई माया गरे तिमीले अचानक आशु बगायौ
आफ्नै ठानी आशु पुछे तिमीले के के अर्थ लगायौ          --२
मेरो पूजाले मुर्ती रुवाउछ भने
अपराध गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २

तिम्रो प्रगती तिम्रो खुशी तिम्रो बिजय हेर्न म आंए
आफ्ना सारा माया बाली तिमीलाई ज्योति छर्न म आंए    --२
मेरो बत्तिले धोखा दिन्छ भने
अन्याय गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २