Sunday, April 30, 2017

Aile nalagnu yo dil - ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु - Kanhaiyaa Kumar Joshi

शब्द : राममान त्रिशित , स्वर : कन्हैया कुमार जोशी

ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
अलिदिन कुरेर तिमीमा जवानी त आउन देउ
                                पैले सम्भाल्न जान्नु
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिमीसँग माया लाउन एउटै कुराको डर छ
बुझ्दैनौ शायद तिमीले कती दु:ख सहनु पर्छ
ऐले नलग्नु यो फूल पैले सम्भाल्न जान्नु
बचपन गएर तिमीमा जवानी त आउन देउ
                                   पैले सम्भाल्न देउ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिम्रो निमित्त दिलको मन्दिर अझै छ खाली
आएर बस्नु तिमी नै जब तिमी जवान होउलिउ
ऐले नगर्नु यो भूल पैले सम्भाल्न जान्नु
हतास नहुनु तिमीमा जवानी त आउन देउ
                                  पैले सम्भाल्न देउ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
...........................................................
..........................

Monday, April 24, 2017

Timi aafulaai apsaraa - तिमी आफुलाई अप्सरा भनी ठान्दछौ भने - Kanhaiyaa Kumar Joshi

शब्द : किरण खरेल , संगीत : चन्द्रराज शर्मा , स्वर : कन्हैया कुमार जोशी

तिमी आफुलाई अप्सरा भनी ठान्दछौ भने 
म आफुलाई देवता किन भनी नठानु 
तिमी आफुलाई अप्सरा 

म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे 
लाखौंमा एक हुन्छन तिमीजस्ती भन्छन मान्छे 
म पनि त तिमीलाई लोभ्याइ राख्न सक्छु 
छिन्मै रुवाउन सक्छु छिन्मै हसाउन सक्छु 
तिमी आफुलाई अप्सरा 

फुलको त के कुरा भो र बसन्तै दास तिम्रो 
अमृत मगमगाउछ सँगाली सास तिम्रो 
म पनि त पथ्थरलाई प्रेमले पगाल्न सक्छु 
मायाले जित्न सक्छु आफ्नो बनाउन सक्छु 
तिमी आफुलाई अप्सरा ..............
.............................
............................