Saturday, December 19, 2020

पलक झारी जमिन कोरी - Palak Jhaari Jamin Kori- by Premdhoj + Taradevi

रचना : म. बि. बि. शाह ;   संगीत : नातिकाजी श्रेष्ठ ;   स्वर : प्रेमध्वज + तारादेबी  

पलक झारी जमिन कोरी घुम्टोमा लुकेर
दुलहीसरी मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ ?
झुल्केको घाम परेको सुनी सुन्दर प्रभात
दुई डाँडा टेक्ने इन्द्रेणीसरी त्यै मान्छे जस्तो छ

उशाको बेला शितको थोपा केशमा जडेर
सिमृक टिका गाजल कोर्ने त्यो मान्छे कस्तो छ ?
दिनमा सधैँ सम्झना बनी आँखामा ढुकेर
रातमा पनि सपना हुने त्यै मान्छे जस्तो छ ।  

ओठको लाली घामको पारी साँझाको सोरेर
फूलको बास सासमा झार्ने त्यो मान्छे कस्तो छ ?

दु:खमा आज आशुको थोपा मायाले पुछेर
सुखको भोली देखाईदिने त्यै मान्छे जस्तो छ ।   

साउने झरी भदौरे पानी कात्तिक पुर्णिमा
शृस्टी बिच शृङ्गार भर्ने त्यो मान्छे कस्तो छ ?

सरद मास अधुरो आश फूलेको बसन्त
कलीला मुना गुराँस थुँगा त्यै मान्छे जस्तो छ
पलक ..........,    झुल्केको  ..............

हिमाली हावा झारेका जल पहरा चिरेर
छहरा बजी सहारा दिने त्यो मान्छे कस्तो छ ?

बर्ष|को रात बादलु च्याती जुनले निस्कँदा
चाँदनिबाट छल्केको रात त्यै मान्छे जस्तो छ । 

सुरेली खेली चन्द्रलोकबाट पृथ्बी झरेर
जुनली घाम छरेर जाने त्यो मान्छे कस्तो छ ?

परेलिबिच मुटुको मेरो लुकेर बसेर
सुटुक्क आई ओठमा चुम्ने त्यै मान्छे जस्तो छ
पलक............   झुल्केको ...........
त्यै मान्छे जस्तो छ
 
 

Saturday, December 5, 2020

चाँडै आउ है - Chadai Aau Hai- By Dipak Jangam + Taradevi

स्वर :  दीपक जङ्गम + तारा देवी 

चाँडै आउ है
उनले अंगालो हालेर भनिन
चाँडै आउ है     --२
आँखाको बत्ती बालेर भनिन
चाँडै आउ है    --२
चाँडै आउ है

केहि सुन्न बाँकी नै छ केहि भन्न बाँकी नै छ
को हुँ के हुँ कस्तो हुँ म सायद चिन्न बाकी नै छ --२

मुटुको ढोका खोलेर भनिन
चाँडै आउ है
उनले अंगालो हालेर भनिन
चाँडै आउ है

उनको मनमा कुन्नी के लाग्यो  सायद बाँच्ने इच्छा जाग्यो 
उराठ लाग्ने उदास लाग्ने या एक्लोपन टाढा भा
ग्यो
मायाको रङ घोलेर भनि
न 
चाँडै आउ
है
उनले अंगालो हालेर भनिन
चाँडै आउ
है -२ 
अं हं हं हं -२