Saturday, September 26, 2020

मैले जस्तै तिमीले पनि- Maile jastai timile pani- By Rubi Joshi

 स्वर : रुबी जोशी
मैले जस्तै तिमीले पनि माया लगाई हेर
नमेटिने चिनो मेरो मुटुभित्र कोर

आकाशका चम्किएका ताराहरु जस्तै
खेलिरन्छ मनमा कुरा किनकिन यसै  --२
पस्न खोज्छ भाव मेरो तिम्रो छातिभित्र
नमेटिने चिनो मेरो मुटुभित्र कोर

लालिगुँरास फूलिदिए डाँडाकाडा ढाक्छ
चोखो पृती लगाईदिए अमर माया बस्छ  --२
सुसाईरन्छ मिठो माया दिल भित्रैभित्र
नमेटिने चिनो मेरो मुटुभित्र कोर


 

सपना भुलाई सारा- Sapana Bhulai Sara- By Yogesh Baidhya

शब्द : शिव अधिकारी ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य 


सपना भुलाई सारा आँशु पिएर जाऊ -२
मन्दिरमा छ तिम्रै तश्बिर लिएर जाऊ
सपना भुलाई सारा 


जनम जनम नखुल्ने आँखा दिएर जाऊ-२
एक सुर बाँसुरिको बिन्ती सुनेर जाऊ
मन्दिरमा छ तिम्रै तश्बिर लिएर जाऊ
सपना भुलाई सारा 

छन् प्रेमका निसाना दिलमा मेटाई जाऊ -२
एक लाशको चितामा बत्ती निभाई जाऊ
सपना भुलाई सारा ....., ......., .......

Wednesday, September 23, 2020

सारा तारा चुडालेर- Sara Tara Chudalera- By P. L. Shrestha

शब्द : किरण खरेल ; संगीत : शिवशंकर मानन्धर ; स्वर : पि. एल. श्रेष्ठ

सारा तारा चुडालेर आकाश रित्तो पारिदिंउ
यस्तो लाग्छ कहिलेकाही आफ्नै मन मारिदिंउ  
सारा तारा  ...............

लाख चोटी मुटु दुख्छ एकचोटी सास फेर्दा
दु:खै दु:ख देखिन्छ जताततै फर्की हेर्दा
कोपिलालाई कुल्चिएर बसन्तलाई भगाईदिंउ
यस्तो लाग्छ रगतजती रुँदारुँदै बगाईदिंउ

पुजारिको आँखा छली रुन्छ ईश्वर मन्दिरमा
सुख शान्ति कैदी बनी कल्पी बस्छ जन्जिरमा
आगैआगो सल्काएर धर्ती बाँझो तुल्याईदिंउ
यस्तो लाग्छ मानिसकै माया मोह भुलाईदिंउ 

Monday, September 21, 2020

ए दुरका सितारा- A Durakaa Sitara- By Batukrishna Jwala

 शब्द : किरण खरेल ; संगीत तथा स्वर : बटुकृष्ण ज्वाला

ए दुरका सितारा मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा -२

आँधिमा हो परेको यो दिप हुँ दियोको
सम्झेर यो पृथ्बी जो छैन मिलन झर्को
ए दिप हो अध्याँरा भन रोशनी कहाँ छ
मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा -२ 

लाली सबै गएको यो फूल हो फूलेको
पर्खेर त्यो बसन्त जो छैन लौ झरेको
ए फूल हो टुहुरा भन मालिनी कहाँ छ
मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा -२

हुन त हो अहिले भर्खरै - Huna ta ho Ahile Bharkharai- By Manik Ratna Sthapit

शब्द : किरण खरेल ; संगीत तथा स्वर : माणिकरत्न स्थापित

हुन त हो अहिले भर्खरै तिमीले भनिदिए जस्तै हो
माया गर्दा छुनैपर्छ भन्ने चलन छैन होला  
तर पनि मलाई भने माया गर्ने मेरो मान्छे
मेरो नजिक हुनैपर्छ उसलाई मैले छुनैपर्छ  

हुनसक्छ छुने बानी सायद मेरो कमजोरी हो
कमजोरी नै भएपनी यसैलाई सकार्छु म
मलाई त पुजा गर्न सुन्यले मात्र पुग्दैन
मन्दिर पनि चाहिन्छ मुर्ती पनि चाहिन्छ
हुन त हो  ........,  ...............

मेरो कुरा मान्ने भए तिमी पनि छुने गर
सपनामा रुनुभन्दा बिपनामा छुनु जाती
छोइएको माया मैलो हुन्छ भन्ने केहि छैन
माया सधै चोखो हुन्छ माया सधै राम्रो हुन्छ
हुन त हो  ........,  ...............

Saturday, September 19, 2020

नजरको नशा नजरले- Najarko Nasa Najarle- By Manik Ratna Sthapit

 शब्द  :रत्न शम्शेर थापा ; संगीत तथा स्वर : माणिकरत्न स्थापित 


नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ  --२

यो रात यो जुन यो मौसम
यो साथ यो जुन यो रमझम --२
मिल्ला नमिल्ला फेरी फेरी -२
विते यो बेला एकदम
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ 

यो फूल यो बास यो जोवन
यो रुप यो प्यास यो धड्कन --२
मस्ती घटाको हेरिहेरी -२
चन्चल हुन्छ दिल झन
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ --२ 

 

Thursday, September 17, 2020

यो माया किन लाग्छ - Yo Maya Kina Lagchha- By Shiva Shankar Manandhar

 शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिवशंकर मानन्धर 


यो माया किन लाग्छ कसरी लाग्छ
कसैले बताईदिए हुन्थ्यो
हृदय कस्तो हुन्छ कहाँ हुन्छ
रहस्य खुलाईदिए हुन्थ्यो
यो माया किन लाग्छ


कसैका कुरा गराई पनि कसैका आखा तराई पनि - २
रिसाइदिने चलन पनि तीनले दिने हैरानै पनि  
किन हो राम्रो लाग्छ मिठो लाग्छ
रहस्य खुलाईदिए हुन्थ्यो
यो माया किन लाग्छ, ....., ....., ......, ......., ......

नदेखेका रुप कोही पछी आफ्नै जस्ता हुन आउँदा -२
बिपनामा नबोले पनि सपनामा बिच हुन आउँदा
किन हो न्यानो लाग्छ प्यारो लाग्छ  
रहस्य खुलाईदिए हुन्थ्यो
यो माया किन लाग्छ, ....., ....., ......, ......., ......

Wednesday, September 16, 2020

आँखासामु तिम्रो रुपको- Aakha Samu Timro Rupako- By Shiva Shankar Manandhar

 शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिव शंकर मानन्धर  

आँखासामु तिम्रो रुपको जगमग बत्ती बालेको छु
धेरै दिनपछी आज म फेरी
गीत बनाउन थालेको छु -२  

बसन्त नौलो हासेजस्तै भाव रसिलो ब्युझिरहेछ -२
मेरो गीताको प्रतिध्वनिमा संगीत तिम्रो गुन्जिरहेछ
छलछला गर्ने छाँगाछहरा साथ बगेर आएको छु
धेरै दिनपछी आज म फेरी , .............

धर्ती र नभको माया बोकी जबतक घाम झुल्किरहन्छ -२
तिम्रो र मेरो सङ्लो पिरती यो दुनियाँमा फकृरहन्छ
हाँसो आँशो सपना बिपना बिर्सिदिएर आएको छु
धेरै दिनपछी आज म फेरी , .............

........................................................
 

Sunday, September 13, 2020

किन ढाट्नु फेरी तिमीलाई- Kina Dhatnu Pheri Timilaai- By Puspa Nepali

 शब्द : राममान तृषित ;   स्वर : पुष्प नेपाली  

किन ढाट्नु फेरी तिमीलाई दुई रात तिमी नहुँदा
आकासको चन्द्र ओर्ली मेरो प्यास बुझाईदिएथिन
किन ढाट्नु फेरी तिमीलाई 

उनको म साथ रहँदा कती भो नशा नसोध - २
बेहोश भएर कसरी ब्युझे म यो नसोध
उनकै नजरको मादले मेरो होश भगाईदिएथिन
किन ढाट्नु फेरी तिमीलाई

बादलको घुम्टो हाली सन्ध्याको सँग आएर -२
दुई प्रश्न सोद्धा केवल चुपचाप  मुस्कुराएर
बिहान नभएसम्मै मेरो साथ निदादिएथिन
किन ढाट्नु फेरी तिमीलाई   

बिर्सुं कसरी उनको मायाको नौलोपनको -२
अनी केशको ठन्दी हावा देहको न्यानोपनको
उनकै नजरको मादले मेरो रात सजादिएथिन
किन ढाट्नु फेरी तिमीलाई


Saturday, September 12, 2020

किन म एक्लैको गल्ती- Kina ma eklaiko galti- By Puspa Nepali

शब्द : राममान श्रेष्ठ तृषित ;  संगीत : शिवशंकर मानन्धर ;  स्वर : पुष्प नेपाली  

किन म एक्लैको गल्ती भँनु
तिमीले बोलाएथ्यौ दिल दिईकन
आँए त के मैले भुल गरेँ
सँगसँगै जीउने कबुल गरेँ
पाउनलाई जीवनको सार
हर मौसममा ल्याउन बहार
हैन त ?  

बुझ्छु म तिम्रो बहानाहरु
रिसाएझै ब्यर्थै नगर्नु बरु --२
आउ नगिचै त बस्ने गर
मेरो मिठो गीतहरु सुन्ने गर
पाउनलाई जीवनको सार
हर मौसममा ल्याउन बहार
हुन्न त ?  

किनन लाज मान्छौ ल फेरी तिमी
यो पुग्ने ठाँउमा पुगेरै पनि --२
थाहा नै होला कि यो प्यार हो
माया नै यौवनको शृंगार हो
पाउनलाई जीवनको सार
हर मौसममा ल्याउन बहार
हैन त ?   


आजभोलि देख्दिन म - Aajabholi dekhdina ma - By Puspa Nepali + Phatteman

शब्द : माधव प्रसाद घिमिरे ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : पुष्प नेपाली  + फत्तेमान राजभण्डारी

आजभोलि देख्दिन म तिनी कता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन  --२

हिमचुलिमा एउटा घाम बेशी एउटै छाँया
देखादेख भाको मात्रै नबोलेको माया --२
मेरो झ्याल त्यतै खुलोस तिनी जता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन

वतासले बगाई ल्याउने छहराको ध्वनि
त्यही ध्वनिझैँ फर्की गईन मनमा के के गुनी  --२
मेरो बंशी त्यतै बजोस तिनी जता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन

तिनी मेरो सम्झनामा रुप मात्र शेष
नाउँ थाहा छैन मलाई गाउँ कुन देश  --२
मेरो हंश त्यतै उडोस तिनी जता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन
आजभोलि देख्दिन म........,  ..................

Tuesday, September 8, 2020

बिपनामा आउन सक्दिनौ भने - Bipanamaa aauna sakdinau bhane- By Yogesh Baidhya

शब्द : मेरीना स्मृती ;  संगीत : मदन दिप्बिम ; स्वर : योगेश बैध्य


बिपनामा आउन सक्दिनौ भने सपनाभरी आउने गर
अन्जानमा प्रेमको फूल रोपिदिए मेरो यादमा चुम्ने गर
यादमा मेरो चुम्ने गर
बिपनामा आउन  

मुटुभित्र अमिट छाप बनेर बसिदियौ धड्कन तिमी बनेर
आशा छ आईदिन्छौ भनेर सपनाभरी मिठो प्रित बोकेर

बिपनामा आउन 

नयनबाट अबिरल बग्दै जान्छन बिछोडका निश्छल थोपाहरु
हृदयभरी सजाउन मैले खोज्दा पराइ भैगयो तिम्रो मनहरु
बिपनामा आउन 

Saturday, September 5, 2020

हर फूलमा रुप हजुरको - Har Phulamaa Rup Hajurko- By Puspa Nepali

 शब्द : राममान तृषित ;  संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : पुष्प नेपाली 

हर फूलमा रुप हजुरको, मौसममा रङ हजुरको
मेरो मनमा प्यार जगाउने, एउटै उमङ्ग हजुरको  --२

हेर चांद कती धमिलो, नजदिक हजुर हुनाले -२
हेर रात कती हँसिलो दुइ गीत गुन्जिनाले
हर फूलाम रुप हजुरको , ....., ....., ......, .....

यो हातमा हात लिउँकी , मदिरा नजरको पिउँकी -२
गल्ती भयो नभन, चुम्वनले ओठ छुँ कि  
हर फूलम रुप हजुरको , ....., ....., ......, .....


Thursday, September 3, 2020

कस्तो अजिब मिलन यो- Kasto Ajib Milan yo- By Rubi Joshi

 स्वर : रुबी जोशी


कस्तो अजिब मिलन यो कस्तो अजिब उदाहरण
आफै उदास हुन्छु आफ्नै खुशीको कारण   --२

माया नलाएको होईन साथी नपाएको होईन -२
तर मन्को एक्लोपन कैले हराएको होईन -२
त्यसै निरास हुन्छु यही जीन्दगिको कारण
आफै उदास हुन्छु आफ्नै खुशीको कारण
कस्तो अजिब मिलन यो 

यहाँ जुन छाएरै के तारा रमाएरै के -२
जव प्रातको आश छैन रात जगमगाएरै के -२
मर्नै हताश हुन्छु यहाँ धुकधुकीको कारण
आफै उदास हुन्छु आफ्नै खुशीको कारण
कस्तो अजिब मिलन यो ................

.......................................................

 

 

Tuesday, September 1, 2020

कमलो मुटु भन्दा - Kamalo Mutu Bhanda- By Ambar Gurung

शब्द, संगीत तथा स्वर : अम्बर गुरुङ   

कमलो मुटु भन्दा ढुङ्गाको मुटु जाती
एकदिन त प्रहार हुन्छ ढाल हुनुपर्छ छाती --२
कमलो मुटु भन्दा


भावनालाई पनि कसिमा कोही घोट्छ
संसारमा सबथोक बिक्छ नबिक्ने एउटै चोट छ  --२
मोती हो भन्छन आँशु   खै कस्ले कहाँ किन्छ ?
भएको खुशी पनि खोसेर सबै लिन्छ
रुवसे हुनु भन्दा निष्ठुर हुनु नै जति
एकदिन त  प्रहार हुन्छ ढाल हुनुपर्छ छाती
कमलो मुटु भन्दा

कमलो पाउ जसको तेसैमा काँडा पस्छ
कथा यो नयाँ होईन मान्छेलाई मान्छे डस्छ --२
कुन सत्य कुन हो झुठा खै कस्ले भन्न सक्छ ?
सबै छन छद्म  भेषमा कस्ले कस्लाई चिन्छ ?
बिपत को बेला भन को हुन्छ कस्को साथी ?
एकदिन त  प्रहार हुन्छ ढाल हुनुपर्छ छाती
कमलो मुटु भन्दा