Thursday, January 5, 2023

Na Phool Chadaye Na Mala Chadaye- न फूल चढाएँ न माला चढाएँ- By Gopal Yonjan

शब्द, संगीत तथा स्वर : गोपाल योन्जन

 आ आ ........................ 

न फूल चढाएँ न माला चढाएँ

यि तिम्रै गीत तिमीलाई चढाएँ -- २   

न फूल चढाएँ न माला चढाएँ


यो आवाज पाएँ तिमीलाई गाउँन  

मेरा हातहरु तिमीलाई पुज्न 

यो आवाज पाएँ  

आ आ ...............................

आवाज पाएँ तिमीलाई गाउँन   

मेरा हातहरु तिमीलाई पुज्न 

दृष्‍टि मेरा तिमीलाई पढ्न 

श्रवण यि केवल तिमीलाई सुन्न 

न महल बनाएँ न दिपक जलाएँ 

यो मन्को कुटीमा आमा बोलाएँ   

न फूल चढाएँ न माला चढाएँ

यि तिम्रै गीत तिमीलाई चढाएँ    

न फूल चढाएँ न माला चढाएँ

आ आ .................................

यो सरगम यो साज यो आवाजमा आमा 

तिमी नै तिमी नै बसेको म पाउँछु 

यो सरगम  

आ आ आ आ आ हाए   

ग म ध नि सा  

नि सा नि ध 

ध ग 

ग रे रे सा सा नि नि ध ध म म ग 

म ग रे म ग रे म ग रे 

सा रे ग सरगम यो साज यो आवाजमा आमा

तिमी नै तिमी नै बसेको म पाउँछु 

न बरदान मागेँ न शक्ती नै माँगे - २  

तिम्रो स्तन्को एक बूद माँगे 

सबथोक तिम्रै चढाँउथेँ तिमीलाई 

म आँफैलाई आमा आज चढाएँ

न फूल चढाएँ न माला चढाएँ

यि तिम्रै गीत तिमीलाई चढाएँ   

न फूल चढाएँ न माला चढाएँ