Sunday, July 2, 2017

Yati Chadai Kasari Birsu - यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको - by Shiva Shankar Manandhar

शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिवशंकर

यती चाडै कसरी बिर्सु
सिम्सिमे पानीले रुझेको - 2
मोतिजस्तो पानीको थोपा
तिम्रो कालो केसमा तर्केको - 2

सुनसान बाटो थियो सुनबुट्टे रात
हिड्दहिड्दै छोइएथे सुकुमारी हात
धड्कनले आपसमा गरेका झै कुरा
झन्झनाइ बजे तिम्रा चिर्बिरे चुरा
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको

बाटो हिंड्ने दुइजना एउटा थियो छाता
जुलाफी ति तिम्रा गाला देखिएथे राता
तिम्रो भने भिजेको थियो आधा जिउ सारा
मैले भने पुछेको थिए पसिनाका धारा
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको

कपालको पानी आई प्रिथ्बीमा छर्के
कुन्नी किन भागेकी थियौ अलिकती तर्की
दुई कदम पर तिम्रा पाउ रोकिएथे
अचानक यो छातीमा सास छेकिएथे
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको