शब्द, संगीत तथा स्वर : बच्चुकैलाश
पर्खेर बस त्यो डाँडा पारी अबस्य आँऊछु
कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु
पर्खेर बस त्यो डाँडा पारी
पिलपिले बत्ती साँझको भोली ननीभी हुँदैन
वारी र पारी बिछोड सधैं कसैको हुँदैन
हृदयको आखिरी भाषा माया हो भनेर
गाँसेर बस प्रितीका फूल मालामा ऊनेर
अबस्य आँऊछु
कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु
पर्खेर बस त्यो डाँडा पारी
शितका थोपा परेका मुना फूलको सरीतै
दुई थोपा आँशु जडेर राख निस्केका आँखामै
हुँदैन सधैं जुनेली रात प्रकृति क्रममा
नलेउ पिर नलिउ सुर्ता बिछोडको घडीमा
अबस्य आँऊछु
कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु
पर्खेर बस त्यो डाँडा पारी