Friday, January 12, 2024

Aau bhane gaau chha tadha- आँऊ भने गाँऊ छ टाढा - By Natikaji Shrestha

 शब्द : रबिन्द्र शाह ; संगीत तथा स्वर : नातिकाजी श्रेष्ठ 


आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ 

लाँऊ भने फूलको थुँगा, ओईली जाने दुइदिने छाँया छ 


जतीजती लर्किन्छ आँखा, उतीउती तर्किने यो दिन -२ 

राती राती धड्कन्छ मुटु, कती कती चर्किने यो मन 

आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ



सधैंभरी गुनासो गरी, के को माला यो मैले गुथेंछु - २  

कस्तो प्रिती गरेर मैले , रातैभरी तस्विर कुधेछु 

आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ 

लाँऊ भने फूलको थुँगा, ओईली जाने दुइदिने छाँया छ

No comments: