Monday, July 25, 2016

Batasale jhareka phul - बतासले झारेका फुलहरु सँगाली - By Ambar Gurung

स्वर तथा संगीत : अंबर गुरुङ ;     शब्द : हरिभक्त कटुवाल
बतासले झारेका फुलहरु सँगाली
बिरहको आशुले यिनै फूल पखाली
माला गासी राखेहै
भरे भेट्न आउँला
कर्मै आफ्नो अभागी
चोखो फूल कहाँ पाउला

चोखो फूल चाहिन्छ ढुङ्गाको देउतालाई
माया किन ब्यर्थैमा मरिजाने मान्छेलाई
बत्ती बाल्नु पर्दैन अंधेरोमै आउँला
अंधेरोमै जीवन बित्यो उज्यालो म कहाँ पाउला 

Dadapaari hiu parechha - डांडापारी हिउ परेछ डांडावारी पानी - By Ambar Gurung

स्वर : अंबर गुरुङ
डांडापारी हिउ परेछ डांडावारी पानी
एकै चरण गीत सुनिदेउ दिल्की मेरी रानी

घाम र पानी लुछाछुडी जिन्दगीको बाटो
दुई झरिको साथ देउ केलाई गर्छौ फाटो बरीलै 
डांडापारी हिउ

मनमा मेरो बेदना छ मुखमा मेरो हासो
गएपनी राखिदेउ है मेरो माया नासो बरीलै 
डांडापारी हिउ