Saturday, October 31, 2020

बरु पत्थरको निर्जिव मुर्ती - Baru Pattharko Nirjib Murti bhaerai baachu - By Tara Devi

शब्द : किरण खरेल ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : तारा देवी 

आ आ आ S   S   S   S

बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर लाग्छ मन सधैँ नै यही अंगालोमा बाँचु --२
बरु  पत्थरको निर्जिव मुर्ती भएरै बाँचु

तिम्रा यि ओठहरुले छोई लगाई मद
बाँधिरहुन मलाई हरदम यि तिम्रा हात  --२
हारिदिएर बाजी म शिर झुकाउदैछु
तिमी यो शिर अड्याउन छातिको छेउ देऊ
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर ......., ............, .........

आ आ आ S   S   S   S

तिम्रो यो तातो सासले उडायो होश हवाश
यती नगिच नै छु तर दुर भएनी साथ         --२
बेहोस हुँदै तिमीमा म हराउन लागेको छु
तिमी युग युग मलाई सम्हाल साथ देऊ  
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर ......., ............, .........
 

 

 

Saturday, October 24, 2020

टाढा टाढा जानु छ साथी- Tadha Tadha Janu chha Sathi- By Bachchu Kailash

 स्वर : बच्चुकैलाश

टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेऊ 
छुटिसकेको मायालाई फेरी एकफेर गाँसीदेऊ --२

यो फूलबारी उजाडिएला केहिछिन बसेथ्यौँ - २
बहानै सही आँखामा आँशु लिएर रोएथ्यौँ
टाढा टाढा जानु छ साथी

कहिँ गएर अलामाल्लिएर भुलेर बसुँला - २
कहिलेकाहिँ सम्झना आए रोएर टारुँला  
टाढा टाढा जानु छ साथी ......., .................

तिमीले त होईन- Timile ta hoina timra- By Bachchu Kailash

 स्वर : बच्चुकैलाश

तिमीले त होईन तिम्रा भाखाहरुले
मेरो मुटु छोईसकेछन
मैले पनि होईन मेरा आँखाहरुले
तिम्रै लागी रोईसकेछन
तिमीले त होईन ....., ..........

त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा पनि जादै नजाने  --२
माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो
रुँदा पनि जादै नजाने
तिमीले त होईन ......, .........

एकोहोरो माया हो कि के भनेर सोधुँ
मलाई पिर पर्नु पर्‍यो नि   --२
सपनिमा त्यती गाढा बिपनीमा टाढा
यो मायाले गर्नु गर्‍यो नि
तिमीले त होईन ......, .......... 

Saturday, October 17, 2020

फूल टिपेर मायाको- Phula Tipera Mayako- By Bachchu Kailash

 स्वर : बच्चुकैलाश
फूल टिपेर मायाको चढाऊदैछु मायालुलाई
गम्कन्छ सुबाश अबश्य एकदिन यो मुटुको अन्तरभित्र
धुन बनेर हृदयको सुनाउदैछु मायालुलाई
फूल टिपेर ..................

मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबुझ छौ -२
जल्नेछ ज्योती अबश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर  ....................

ढुकढुक गर्ने -२
ढुकढुक गर्ने छातिमा तिम्रो आज अर्कै सरगम छ -२
बज्नेछ गीत अबश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर  ...................

रित्ता छन तिम्रा सपना सारा आँखामा पर्दा लागेका छन -२
झर्नेछ रङ्ग अबश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर  .......................
  
 

हृदयभरिको मेरो शुभकामना - Hridaya Bhariko Mero- By Bachchu Kailash

 शब्द : किरण खरेल ; संगीत : नाति-शिव ; स्वर : बच्चुकैलाश

हृदयभरिको मेरो
हृदयभरिको मेरो शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच
म तिम्रो आँशु लिन्छु तिमी सुखसँग हाँस
हृदयभरिको मेरो
 

हिजोको दिन बितिसक्यो हिजो त एक कहाँनी हो
अझै हामी बाँच्नुपर्छ यो आउने बिहानी हो
अँध्यारोमै रम्दछु म तिम्रो छेउ बत्ती बलोस
भोली फेरी लाग्ने घामले तिम्रो आँगन झलमल होस
हृदयभरिको मेरो शुभकामना तिमीलाई

जीवन हो यो जिवनमा धेरै थोक खप्नुपर्छ
छातिभित्र आँधी रोकी चुप लागी बाँच्नुपर्छ
पिर जती छ म लिन्छु तिमीलाई खुशी जाऊन
तिमी हिंड्ने बाटोभरी बसन्ती फूल छाऊन
हृदयभरिको मेरो शुभकामना तिमीलाई
 
 


Saturday, October 10, 2020

चन्द्रमा तिमी बनिरहु- Chandrama Timi Banirahu - By Bachchu Kailash

 स्वर : बच्चुकैलाश
चन्द्रमा तिमी बनिरहु , जीन्दगिभर म जुन बनुँला
हृदयमा मेरो तिमी रहे , धुकधुकी भई म धड्किरहुँला
चन्द्रमा तिमी बनिरहु , जीन्दगिभर म जुन बनुँला

पर्दैन जन्जिर नाताको, हाँसो वा आशु क्यै पनि
धुप तिमी बनिरहे, छाँया भई म सँगै रहुँला
चन्द्रमा तिमी ......, ................

पर्दैन कल्कल नदिको, सन्ध्याको सुखमय याम पनि -२
मनै यि आँखापिच्छे, तिमीलाई हाँसी टाँसिरहुँला
चन्द्रमा तिमी ......, ................
 

सम्झनाको धारले- Samjhanako Dharle Kalpanako Chhatima- By Bachchu Kailash

 स्वर : बच्चुकैलाश
सम्झनाको धारले कल्पनाको छातीमा
पार्‍यो छिया मायाले सपनी जुनिमा
सपनी जुनिमा   

पुर्णिमाको रातमा गर्मिको याममा
बादलुले पोखेको सिमसिमे पानीमा
त्यो निलो नभमा बादलुको आडमा
चन्द्रमाको चाँदनी पर्वत मालामा
पार्‍यो छिया मायाले सपनी जुनिमा
सम्झनाको धारले ........., ...........

मादलुको तालमा बाँसुरिको धुनमा
सुस्केरामा गीत भरी रमाइलो रातमा
बारिको आलिमा सुनसान रातमा
बोल्छ चरी छेउको ऐँशेलु घारिमा
पार्‍यो छिया मायाले सपनी जुनिमा
सपनी जुनिमा
चिसो चिसो बतासमा खोलाको तिरमा
नाचिनाची डुल्छ को हो आँखाको नानिमा
आँखाको नानिमा

 

 

Saturday, October 3, 2020

एक्लै बसी जब सम्झन्छु म- Eklai Basi Jaba Samjhanchhu ma- By Omkar Gartaula

 

 शब्द : उत्तम श्रेष्ठ ; संगीत तथा स्वर : ओमकार गर्तौला

एक्n} बसी जब सम्झन्छु म -२

याद आँउछ आँउछ कती लुकाउँ म -२
एक्n} बसी

देखेथेँ तिमीलाई या सपनामा
भेटेथेँ तिमीलाई या बिपनामा --२
आँखाभरी नि तिम्रो बिहानी
कस्लाई सुनाउ म तिम्रो कहाँनी
एक्n} बसी ....., ....., ....., .......

प्यारको लहर दिलामा चलाई
ब्यर्थै दुख दियौ मलाई --२
झालक एक्छिन दिदै बिलाई
तिमी गैदियौ यो मन जलाई
एक्n} बसी ....., ....., ....., .......
 
 

हजार चोटी जन्मुँला- Hajar choti janmulaa- By Puspa Nepali

 

 

स्वर : पुष्प नेपाली

हजार चोटी जन्मुँला  तिमीलाई पाऊन
लाख दु:ख भोगुँला मिठो माया लाऊन
हजार चोटी जन्मुँला

तिमी फूल भईदिए म त माली बनिदिऊला -२
तिमी आगो भईदिए राप बनिदिऊला
तिमी आगो भए राप बनिदिऊला
राप बनिदिऊला
हजार चोटी जन्मुँला , ....., ....., .....

तिमी रात भईदिए जुन बनी छाईदिऊला -२
तिमी प्रभात भईदिए घाम बनी आईदिऊला
तिमी प्रभात भए घाम बनिदिऊला
घाम बनिदिऊला
हजार चोटी जन्मुँला , ....., ....., .....