Saturday, October 17, 2020

हृदयभरिको मेरो शुभकामना - Hridaya Bhariko Mero- By Bachchu Kailash

 शब्द : किरण खरेल ; संगीत : नाति-शिव ; स्वर : बच्चुकैलाश

हृदयभरिको मेरो
हृदयभरिको मेरो शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच
म तिम्रो आँशु लिन्छु तिमी सुखसँग हाँस
हृदयभरिको मेरो
 

हिजोको दिन बितिसक्यो हिजो त एक कहाँनी हो
अझै हामी बाँच्नुपर्छ यो आउने बिहानी हो
अँध्यारोमै रम्दछु म तिम्रो छेउ बत्ती बलोस
भोली फेरी लाग्ने घामले तिम्रो आँगन झलमल होस
हृदयभरिको मेरो शुभकामना तिमीलाई

जीवन हो यो जिवनमा धेरै थोक खप्नुपर्छ
छातिभित्र आँधी रोकी चुप लागी बाँच्नुपर्छ
पिर जती छ म लिन्छु तिमीलाई खुशी जाऊन
तिमी हिंड्ने बाटोभरी बसन्ती फूल छाऊन
हृदयभरिको मेरो शुभकामना तिमीलाई
 
 


No comments: