Saturday, October 31, 2020

बरु पत्थरको निर्जिव मुर्ती - Baru Pattharko Nirjib Murti bhaerai baachu - By Tara Devi

शब्द : किरण खरेल ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : तारा देवी 

आ आ आ S   S   S   S

बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर लाग्छ मन सधैँ नै यही अंगालोमा बाँचु --२
बरु  पत्थरको निर्जिव मुर्ती भएरै बाँचु

तिम्रा यि ओठहरुले छोई लगाई मद
बाँधिरहुन मलाई हरदम यि तिम्रा हात  --२
हारिदिएर बाजी म शिर झुकाउदैछु
तिमी यो शिर अड्याउन छातिको छेउ देऊ
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर ......., ............, .........

आ आ आ S   S   S   S

तिम्रो यो तातो सासले उडायो होश हवाश
यती नगिच नै छु तर दुर भएनी साथ         --२
बेहोस हुँदै तिमीमा म हराउन लागेको छु
तिमी युग युग मलाई सम्हाल साथ देऊ  
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर ......., ............, .........
 

 

 

No comments: