Saturday, October 10, 2020

सम्झनाको धारले- Samjhanako Dharle Kalpanako Chhatima- By Bachchu Kailash

 स्वर : बच्चुकैलाश
सम्झनाको धारले कल्पनाको छातीमा
पार्‍यो छिया मायाले सपनी जुनिमा
सपनी जुनिमा   

पुर्णिमाको रातमा गर्मिको याममा
बादलुले पोखेको सिमसिमे पानीमा
त्यो निलो नभमा बादलुको आडमा
चन्द्रमाको चाँदनी पर्वत मालामा
पार्‍यो छिया मायाले सपनी जुनिमा
सम्झनाको धारले ........., ...........

मादलुको तालमा बाँसुरिको धुनमा
सुस्केरामा गीत भरी रमाइलो रातमा
बारिको आलिमा सुनसान रातमा
बोल्छ चरी छेउको ऐँशेलु घारिमा
पार्‍यो छिया मायाले सपनी जुनिमा
सपनी जुनिमा
चिसो चिसो बतासमा खोलाको तिरमा
नाचिनाची डुल्छ को हो आँखाको नानिमा
आँखाको नानिमा

 

 

No comments: