Saturday, October 24, 2020

तिमीले त होईन- Timile ta hoina timra- By Bachchu Kailash

 स्वर : बच्चुकैलाश

तिमीले त होईन तिम्रा भाखाहरुले
मेरो मुटु छोईसकेछन
मैले पनि होईन मेरा आँखाहरुले
तिम्रै लागी रोईसकेछन
तिमीले त होईन ....., ..........

त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा पनि जादै नजाने  --२
माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो
रुँदा पनि जादै नजाने
तिमीले त होईन ......, .........

एकोहोरो माया हो कि के भनेर सोधुँ
मलाई पिर पर्नु पर्‍यो नि   --२
सपनिमा त्यती गाढा बिपनीमा टाढा
यो मायाले गर्नु गर्‍यो नि
तिमीले त होईन ......, .......... 

No comments: