Thursday, February 16, 2017

Jaba Jaba aauchha aakha saamu - जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - By Shiva Shankar Manandhar

संगीत तथा स्वर : शिव शंकर मानन्धर
(पछी प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको )

जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु
केही भुल गरेझै लाग्छ मलाई
केही पाप गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २

मैले तिमीलाई माया गरे तिमीले अचानक आशु बगायौ
आफ्नै ठानी आशु पुछे तिमीले के के अर्थ लगायौ          --२
मेरो पूजाले मुर्ती रुवाउछ भने
अपराध गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २

तिम्रो प्रगती तिम्रो खुशी तिम्रो बिजय हेर्न म आंए
आफ्ना सारा माया बाली तिमीलाई ज्योति छर्न म आंए    --२
मेरो बत्तिले धोखा दिन्छ भने
अन्याय गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २