Monday, September 21, 2020

हुन त हो अहिले भर्खरै - Huna ta ho Ahile Bharkharai- By Manik Ratna Sthapit

शब्द : किरण खरेल ; संगीत तथा स्वर : माणिकरत्न स्थापित

हुन त हो अहिले भर्खरै तिमीले भनिदिए जस्तै हो
माया गर्दा छुनैपर्छ भन्ने चलन छैन होला  
तर पनि मलाई भने माया गर्ने मेरो मान्छे
मेरो नजिक हुनैपर्छ उसलाई मैले छुनैपर्छ  

हुनसक्छ छुने बानी सायद मेरो कमजोरी हो
कमजोरी नै भएपनी यसैलाई सकार्छु म
मलाई त पुजा गर्न सुन्यले मात्र पुग्दैन
मन्दिर पनि चाहिन्छ मुर्ती पनि चाहिन्छ
हुन त हो  ........,  ...............

मेरो कुरा मान्ने भए तिमी पनि छुने गर
सपनामा रुनुभन्दा बिपनामा छुनु जाती
छोइएको माया मैलो हुन्छ भन्ने केहि छैन
माया सधै चोखो हुन्छ माया सधै राम्रो हुन्छ
हुन त हो  ........,  ...............

No comments: