Wednesday, September 16, 2020

आँखासामु तिम्रो रुपको- Aakha Samu Timro Rupako- By Shiva Shankar Manandhar

 शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिव शंकर मानन्धर  

आँखासामु तिम्रो रुपको जगमग बत्ती बालेको छु
धेरै दिनपछी आज म फेरी
गीत बनाउन थालेको छु -२  

बसन्त नौलो हासेजस्तै भाव रसिलो ब्युझिरहेछ -२
मेरो गीताको प्रतिध्वनिमा संगीत तिम्रो गुन्जिरहेछ
छलछला गर्ने छाँगाछहरा साथ बगेर आएको छु
धेरै दिनपछी आज म फेरी , .............

धर्ती र नभको माया बोकी जबतक घाम झुल्किरहन्छ -२
तिम्रो र मेरो सङ्लो पिरती यो दुनियाँमा फकृरहन्छ
हाँसो आँशो सपना बिपना बिर्सिदिएर आएको छु
धेरै दिनपछी आज म फेरी , .............

........................................................
 

No comments: