Sunday, September 13, 2020

किन ढाट्नु फेरी तिमीलाई- Kina Dhatnu Pheri Timilaai- By Puspa Nepali

 शब्द : राममान तृषित ;   स्वर : पुष्प नेपाली  

किन ढाट्नु फेरी तिमीलाई दुई रात तिमी नहुँदा
आकासको चन्द्र ओर्ली मेरो प्यास बुझाईदिएथिन
किन ढाट्नु फेरी तिमीलाई 

उनको म साथ रहँदा कती भो नशा नसोध - २
बेहोश भएर कसरी ब्युझे म यो नसोध
उनकै नजरको मादले मेरो होश भगाईदिएथिन
किन ढाट्नु फेरी तिमीलाई

बादलको घुम्टो हाली सन्ध्याको सँग आएर -२
दुई प्रश्न सोद्धा केवल चुपचाप  मुस्कुराएर
बिहान नभएसम्मै मेरो साथ निदादिएथिन
किन ढाट्नु फेरी तिमीलाई   

बिर्सुं कसरी उनको मायाको नौलोपनको -२
अनी केशको ठन्दी हावा देहको न्यानोपनको
उनकै नजरको मादले मेरो रात सजादिएथिन
किन ढाट्नु फेरी तिमीलाई


No comments: