Tuesday, September 1, 2020

कमलो मुटु भन्दा - Kamalo Mutu Bhanda- By Ambar Gurung

शब्द, संगीत तथा स्वर : अम्बर गुरुङ   

कमलो मुटु भन्दा ढुङ्गाको मुटु जाती
एकदिन त प्रहार हुन्छ ढाल हुनुपर्छ छाती --२
कमलो मुटु भन्दा


भावनालाई पनि कसिमा कोही घोट्छ
संसारमा सबथोक बिक्छ नबिक्ने एउटै चोट छ  --२
मोती हो भन्छन आँशु   खै कस्ले कहाँ किन्छ ?
भएको खुशी पनि खोसेर सबै लिन्छ
रुवसे हुनु भन्दा निष्ठुर हुनु नै जति
एकदिन त  प्रहार हुन्छ ढाल हुनुपर्छ छाती
कमलो मुटु भन्दा

कमलो पाउ जसको तेसैमा काँडा पस्छ
कथा यो नयाँ होईन मान्छेलाई मान्छे डस्छ --२
कुन सत्य कुन हो झुठा खै कस्ले भन्न सक्छ ?
सबै छन छद्म  भेषमा कस्ले कस्लाई चिन्छ ?
बिपत को बेला भन को हुन्छ कस्को साथी ?
एकदिन त  प्रहार हुन्छ ढाल हुनुपर्छ छाती
कमलो मुटु भन्दा
 

No comments: