Wednesday, September 23, 2020

सारा तारा चुडालेर- Sara Tara Chudalera- By P. L. Shrestha

शब्द : किरण खरेल ; संगीत : शिवशंकर मानन्धर ; स्वर : पि. एल. श्रेष्ठ

सारा तारा चुडालेर आकाश रित्तो पारिदिंउ
यस्तो लाग्छ कहिलेकाही आफ्नै मन मारिदिंउ  
सारा तारा  ...............

लाख चोटी मुटु दुख्छ एकचोटी सास फेर्दा
दु:खै दु:ख देखिन्छ जताततै फर्की हेर्दा
कोपिलालाई कुल्चिएर बसन्तलाई भगाईदिंउ
यस्तो लाग्छ रगतजती रुँदारुँदै बगाईदिंउ

पुजारिको आँखा छली रुन्छ ईश्वर मन्दिरमा
सुख शान्ति कैदी बनी कल्पी बस्छ जन्जिरमा
आगैआगो सल्काएर धर्ती बाँझो तुल्याईदिंउ
यस्तो लाग्छ मानिसकै माया मोह भुलाईदिंउ 

No comments: