Saturday, September 5, 2020

हर फूलमा रुप हजुरको - Har Phulamaa Rup Hajurko- By Puspa Nepali

 शब्द : राममान तृषित ;  संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : पुष्प नेपाली 

हर फूलमा रुप हजुरको, मौसममा रङ हजुरको
मेरो मनमा प्यार जगाउने, एउटै उमङ्ग हजुरको  --२

हेर चांद कती धमिलो, नजदिक हजुर हुनाले -२
हेर रात कती हँसिलो दुइ गीत गुन्जिनाले
हर फूलाम रुप हजुरको , ....., ....., ......, .....

यो हातमा हात लिउँकी , मदिरा नजरको पिउँकी -२
गल्ती भयो नभन, चुम्वनले ओठ छुँ कि  
हर फूलम रुप हजुरको , ....., ....., ......, .....


No comments: