Saturday, September 12, 2020

आजभोलि देख्दिन म - Aajabholi dekhdina ma - By Puspa Nepali + Phatteman

शब्द : माधव प्रसाद घिमिरे ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : पुष्प नेपाली  + फत्तेमान राजभण्डारी

आजभोलि देख्दिन म तिनी कता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन  --२

हिमचुलिमा एउटा घाम बेशी एउटै छाँया
देखादेख भाको मात्रै नबोलेको माया --२
मेरो झ्याल त्यतै खुलोस तिनी जता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन

वतासले बगाई ल्याउने छहराको ध्वनि
त्यही ध्वनिझैँ फर्की गईन मनमा के के गुनी  --२
मेरो बंशी त्यतै बजोस तिनी जता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन

तिनी मेरो सम्झनामा रुप मात्र शेष
नाउँ थाहा छैन मलाई गाउँ कुन देश  --२
मेरो हंश त्यतै उडोस तिनी जता गईन
राती त्यतै सिरानी होस तिनी जता गईन
आजभोलि देख्दिन म........,  ..................

No comments: