Thursday, September 17, 2020

यो माया किन लाग्छ - Yo Maya Kina Lagchha- By Shiva Shankar Manandhar

 शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिवशंकर मानन्धर 


यो माया किन लाग्छ कसरी लाग्छ
कसैले बताईदिए हुन्थ्यो
हृदय कस्तो हुन्छ कहाँ हुन्छ
रहस्य खुलाईदिए हुन्थ्यो
यो माया किन लाग्छ


कसैका कुरा गराई पनि कसैका आखा तराई पनि - २
रिसाइदिने चलन पनि तीनले दिने हैरानै पनि  
किन हो राम्रो लाग्छ मिठो लाग्छ
रहस्य खुलाईदिए हुन्थ्यो
यो माया किन लाग्छ, ....., ....., ......, ......., ......

नदेखेका रुप कोही पछी आफ्नै जस्ता हुन आउँदा -२
बिपनामा नबोले पनि सपनामा बिच हुन आउँदा
किन हो न्यानो लाग्छ प्यारो लाग्छ  
रहस्य खुलाईदिए हुन्थ्यो
यो माया किन लाग्छ, ....., ....., ......, ......., ......

No comments: