Monday, March 13, 2017

Ek raat manchhe dekhi manchhe haraai - एक रात मान्छेदेखी मान्छे हराइ - Jitendra Bardewa

शब्द , संगीत तथा स्वर : जितेन्द्र बर्देवा

एक रात मान्छेदेखी मान्छे हराइ कालो रात्मा प्रेतात्माझै
सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला
कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा
एउटा मान्छे जवानिमै बहुला हुने को होला ?

उस्ले आफ्नो दुनियाँ उस्ले आफ्नो खुशीहरु
कस्लाई अर्पिदिएछ कि कस्ले खोसिदिएछ कि !
एक्लै रुने एक्लै हास्ने  कस्को बरदान त्यो होला ?
एक रात ........

भोक तिर्खा लाग्न सम्म उस्ले बिर्सिसकेको छ
को आफ्नो को अर्को उस्ले आँफैलाई बिर्सेंको छ
खोक्रो जीवन चेत भइसक्यो प्राण केमा अल्झेको छ ?
एक रात .........

No comments: