Sunday, December 2, 2018

Yo Ho Geet Timilai - यो हो गीत तिमीलाई यो हो प्रित तिमीलाई - By Bachchu Kailash

शब्द : शान्ती सिंह   ; संगीत तथा स्वर : बच्चु कैलाश

यो हो गीत तिमीलाई यो हो प्रित तिमीलाई
सपनामा खस्रेथेँ बिपनामा गाएछु
सम्झिलेउ फरर हृदयको पाना गनेर

उडी हिंड्ने चरिले नाची हिंड्ने परिले - २
मन्को कुरा जानिन हात मेरो थामिन
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत 

पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको - २
हाँसो खेल्ने ओठमा बिरह छ बसेको
दिल्मा चयन छैन हजुर आँखामा छ आँशु बरर
यो हो गीत

आशा मेरो लामो छ जिन्दगी यो छोटो छ - २
तिमीलाई पाउने मात्र एक धोको छ
कोशेली यो मायाको बिन्ती छ है फिर्ता नगर
यो हो गीत

No comments: