Sunday, December 2, 2018

Kalpanako Gagana - कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन - By Bachchu Kailash

शब्द : सुरेन्द्र शाह  ; संगीत तथा स्वर : बच्चु कैलाश

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
कहिले होला त्यो दिन जब होला मिठो मिलन

साउने झरी कुर्लिकुर्ली भदौ पनि लाग्यो - २
लाग्छ सरद हट्छ झरी किन्तु आँशु झरी भईरह्यो
आँशु कहिले थामिने मन्को घाऊ कहिले पलाउने
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

पिर लिई दुब्लाएर छैन भोक निन्द्रा - २
खोक्रो जस्तो शरीर भाई चियाछिया मन भो होला
मन्को पिर गाएर रुदी हौली एक्लाई बसेर
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

बन्धनको क्यानरीले गाँउछ मिठो गीत - २
सुखी छ कि दुखी छ त्यो थाहा कल्ले पाउन सक्छ र ?
देख्छन सबले हासेको देख्छ कल्ले मन जलेको
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

No comments: