Thursday, December 6, 2018

Timro Mutu Chhuna Paaye - तिम्रो मुटु छुन पाए - By Puspa Nepali

संगीत : भैरब बहादुर थापा , स्वर : पुष्प नेपाली

तिम्रो मुटु छुन पाए कतीचोटी धड्किदिन्थेँ
आँखा तिम्रो छाउन पाए सपना बनी आईदिन्थेँ

हजार दिल तोडिदिन्थेँ हजार धड्कन रोकिदिन्थेँ - २
तिम्रो जीवन पाउनलाई हजार बरदान मागिदिन्थेँ
दोबाटोमा ओर्लिएर तिमीलाई नै पर्खिदिन्थेँ
तिम्रो मुटु छुन पाए कतीचोटी धड्किदिन्थेँ
आँखा तिम्रो छाउन पाए सपना बनी आईदिन्थेँ

मुहारलाई लुकाएर तिमीलाई चिहाइदिन्थेँ - २
तिम्रो नजिक आउनलाई कती पाइला चालिदिन्थेँ
औँशीलाई छकाएर पुर्णिमालाई डाकिदिन्थेँ
तिम्रो मुटु छुन पाए कतीचोटी धड्किदिन्थेँ
आँखा तिम्रो छाउन पाए सपना बनी आईदिन्थेँ



No comments: