Monday, December 3, 2018

Timro Maya Pattharko Jhukyaune rup - तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो - By Tara Devi

शब्द : किरण खरेल ; संगीत : नातिकाजी  ; स्वर : तारादेवी

तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो
तिम्रो प्रिती चैतको धुलो भन्दा पनि सस्तो
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन 
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
एकै झुल्को घाम हो अस्तायो त के भो र? 
एकैछिन्को तर्कना तर्कियो त के भो र ?
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन 
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिम्ले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउला
पर्खि बस्ने मान्छेले फर्की जान जाँन्दछ
आफ्नो भन्न जान्नेले पराइ भन्न जाँन्दछ
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन 
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

No comments: