Monday, December 3, 2018

Timro Maya Kagajko Rangichangi Phula - तिम्रो माया कागजको रङ्गीचङ्गी फुलजस्तो - By Dhruba KC

शब्द : किरण खरेल ; संगीत : नातिकाजी ;  स्वर : ध्रुब के. सि.

तिम्रो माया कागजको रङ्गीचङ्गी फुलजस्तो
तिम्रो बाचा साउनको भेल भन्दा पनि सस्तो
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिम्रो साथ नपाउँदैमा नसक्ने त हैन बाँच्न
तिमीले आँशु नपुछ्दैमा नसक्ने त हैन हाँस्न 
एक थोपा आँशु हो फेरी बह्यो के भो र ? 
एकैछिन्को सपना धोखा भो त के भो र ?
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिमी आउने बाटोबाट हिंड्न पनि छोडिदिउला
आँखा जुधी ठेस लागे पाउ अन्तै मोडिदिउला
खोजी आउन जान्नेले छोड्न पनि जाँन्दछ
सम्झी रुन जान्नेले बिर्सी हाँस्न जाँन्दछ
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

No comments: