Tuesday, November 20, 2018

Nadi Kinar Machha Marda - नदी किनार माछा मार्दा - By Shiva Shankar Manandhar

शब्द : शहदेव राणा ; संगीत तथा स्वर : शिव शंकर मानन्धर

नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए   --२

यती राम्रो बाला लाउने कस्तो होला हात
गोरा होलान निधार तिम्रो सिन्दुर भर्या माथ  --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए

आँखा जुद्धा मृग भाग्लान जोवन देखी जुन
नखेलाउने तिमीलाई होला भाग्यमानी किन   --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए

हामी जस्ता अभागीलाई दर्शन दिए हुन्छ
बोल्नु पनि पर्ने छैन गाइदिए पुग्छ               --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए   --२

No comments: