Tuesday, November 13, 2018

Kina maya garda gardai - किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ - By Kanhaiya Kumar Joshi

शब्द : किरण खरेल ; संगीत : नातिकाजी ; स्वर : कन्हैया कुमार जोशी

किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ - २
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ

कोठाका झ्याल ढोका मलाई आँखा तर्छन - २ 
जीवनका स्वप्न सारा मलाई गाली गर्छन्
मनका हरेक इच्छा रित्याउ जस्तो लाग्छ
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहछ

दलिनहरु खसेर मलाई थिच्छु भन्छन - २
भित्ताहरु सरेर मलाई बाटो छेक्छन
आफ्ना मलामी आँफै निम्त्याउ जस्तो लाग्छ
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहछ - ३

No comments: